काठमाडौं- नेपाली क्रिकेटर सन्दीप लामिछाने आबद्द दिल्ली क्यापिटल्स आईपीएलको शीर्ष स्थानमा उक्लिएको छ । चौथो जितसँगै दिल्ली अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । सोमबार राति सम्पन्न आइपिएलको १९ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ५९ रनले पराजित गरेको हो ।
जितका लागि १ सय ९७ रनको विजयी लक्ष्य पछ्याएको बेंगलोर २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३७ रन मात्र बनायो। जसमा कप्तान विराट कोहलीले सर्वाधिक ४३ रन बनाए ।
दिल्लीका कसिगो रबाडाले ४ तथा अक्षर पटेलले २ विकेट लिए। दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ९६ रन बनाएको थियो। दिल्लीका लागि मार्किस स्टोइनिसले अविजित ५३ तथा पृथ्वी शा ४२ र ऋषभ पन्तले ३७ रन जोडे।
जितसँगै शीर्ष स्थानमा उक्लिएको दिल्लीले चौंथो जित निकालेको छ । दिल्लीले ५ खेलमा ८ अंक जोडेको छ । तेस्रो स्थानको बैंगलोरको यो दोस्रो हार हो । बैंगलोरले ५ खेलमा ६ अंक जोडेको छ । पाँच खेल हुँदा पनि सन्दीपलाई भने दिल्लीले खेलाएको छैन ।

