eNepal

अस्ट्रेलीया नेपाल पव्लिक लिङ्कले निशुल्क ड्राईभिङको तालीम दिदै

अस्ट्रेलीया नेपाल पव्लिक लिङ्क (एएनपिएल) ले भिक्टोरीयामा बसोबास गर्ने नेपाली समुदाय बिषेशत: अन्तररास्ट्रिय बिधार्थीहरुलाई लक्षित गर्दै सुरक्षित ड्राइभिङको ज्ञान हाँसील गराउने उदेश्यका साथ निःशुल्क ड्राइभिंग तालीम दिने भएको छ। 

पाँच सैदान्तीक र तिन व्याबहारीक तालीमका लागि एनपिएलले ईच्छुक व्यक्तिहरुलाई  EOI  भर्न आग्रह गरेको चौबीस घण्टामा नै एकसय एकचालीस जनाले फर्म भरेका छन्।

EOI भरेका सबैलाई केहि दिनमा नै समय तालिका सहित ईमेल पठाउने र ईमेलबाट प्राप्त प्रतीक्रिया (first come first serve) को आधारमा समाबेश गरिने छ।

https://docs.google.com/forms/d/e/1FAIpQLSfDN13vEMqGpfH2_GPBEhGocFwmyItPB4IyzqF73RiKHPX5BQ/viewform?vc=0&c=0&w=1&flr=0&fbclid=IwAR1jil9hUA77E-vWSzeaPA09aeBPEfIW-8U1TqUOck3ZLjhPgBiymWJHc3k

भिक रोडबाट कम्युनिटी रोड सेफ्टी अनुदान प्राप्त तालीममा चालीस जनाको कोटा रहेको छ भने एक्काईस बर्ष माथीकाले सहभागीता जनाउन पाउने छन्।

यस अघि पहिलो चरणमा बिस जनाले निशुल्क ड्राईभिङको सैदान्तीक तालीम सफल्तापुर्बक लिई सकेका तर कोभीड १९को महामारी अनि भिक्टोरीयामा चौथो चरणको लकडाउनले व्याबहारीक तालीम भने स्थगन भएको थियो।

एएनपिएल एक नाफा रहित गैर सरकारी समुदाय संगठन हो जसले सन् २०१४ देखी अस्ट्रेलियामा नेपाली समुदायमा मानसिक रोगको रोकथाम, मानसिक स्वास्थ्य प्राथमिक उपचार तालिम लगाएत सडक / पैदल यात्री सुरक्षा, पानी सुरक्षा र घर र कार सुरक्षा परियोजना सम्बन्धी तालीम दिदै आएको छ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal