eNepal

नयाँ बर्षको कोसेली “स्पर्श तिम्रो” भन्दै आईन प्रकृती श्रेस्ठ

नेपाल रजतपट र नेपाली म्युजीक भिडीयोमा एउटा छुट्टै छाप छोड्न सफल नायीका एबम् मोडेल प्रकृती श्रेष्ठको नयाँ म्यूजीक भिडीयो स्पर्स तिम्रो नयाँ बर्ष २०१७को शुअबसर पारेर नेपाली साङ्गीतिक बजारमा आएको छ।

सुरेन श्रेस्ठको स्वरमा सुमन गुरुङको शव्द अनि बिजेश्वर राज टन्डुकारको सङ्गीत संयोजन रहेको स्पर्श तिम्रोमा प्रकृती श्रेस्ठ लगाएत ईश्वर फुयाँल, सन्जय र बाशुको अभिनय रहेको छ।हाई लाईट्स नेपाल मार्फत बजारमा ल्याईको यो गीतलाई रबी डुङ्गाना केशीले खिचेका हुन् भने यस गीतलाई सुदीप न्यौपाने र रुपर्ट गुरुङले निर्देशन गरेका हुन्। सुदीप न्यौपाने यहि गीतबाट निर्देशकमा डेब्यु गरेका हुन भने सम्पादन बिक्रम अधिकारीले गरेका हुन्।

मेल्बोर्नका रमणीय स्थलमा कैद गरिएको यो म्युजीक भिडीयो गायक सुरेन श्रेस्ठको पनि पहिलो म्युजीक भिडीयो हो जसमा करिस्मा श्रेस्ठले उनलाई साथ दिएकी छिन्।मायाँ र रोमान्समा आधारीत यो गीतले पक्कै पनि नेपाली सङ्गीत प्रेमीहरुको मन जित्ने छ। हाल मेल्बोर्नमा बस्दै आएकी प्रकृती श्रेस्ठले अभिनय गरेका धेरै गीतलाई दर्शक श्रोताले मन पराई दिनु भएको छ। बिदेश पलाएन भएसँगै के उनीले यसलाई निरन्तरा दिन्छिन् भन्ने प्रस्न उनका शुभचिन्तकहरुबाट आउने गर्थ्यो।तर यसलाई निरन्तर दिन उनी कटिबद्द भएर लागेकी छिन्।

आजकाल कलालाई कम अनि पैसालाई बडि प्राथमिकता दिने यानिकी पैसा दिएर अभिनय नजानेकाहरु या रहरले आएकाहरुले गर्दा गुणस्तरको म्युजीक भिडीयो नबनेको गुनासो गर्दै यसले राम्रा र उत्कृस्ट गीतलाई पनि छायाँमा पारेको कुरा ब्यक्त गरिन्।गीतको अफर धेरै आएको तर आफु सँधै गुणस्तरलाई ध्यान दिने बताउँदै आफ्ना दर्शक श्रोतालाई कहिल्यै पनि निराश नबनाउने र सधै आफुले मेहिनेत गरेर अझ आफुलाई निखार्दै आउने दिनमा राम्रा राम्रा गीतका साथमा देखिने प्रण गरेकी छिन्।

हेर्नु होस् यो मायाँ र रोमान्सले भरिपुर्ण सुमधुर गीत स्पर्श  तिम्रो

Related posts

अष्ट्रेलियाले मलाई सपना देख्न र मेहिनत गर्न कहिलै छोड्नु हुन्न भनेर सिकायो – निखिला

enepal

डोटीबाट काठमाण्डौ हुँदै अन्तररास्ट्रिय अवार्ड हात पार्न सफल खेम धामीको प्रेरक कथा

enepal

पुतलीझैँ लाग्ने जसिता गुरुङका १२ ‘बोल्ड’ तस्वीर

Ujjwal Khanal

भूकम्पले जन्माएका ‘हिरो’ : धुर्मुस–सुन्तली

enepal

भूकम्पलाई जितेका यी ‘सिपाही’ – त्रासदीका तिन बर्ष

enepal

जो नेपाल बदल्न लागिपरेका छन्

enepal