eNepal

आइपिएलमा रोयल च्यालेन्जर्स बैङ्लोरले सनराइजर्स हैदराबादलाई १० रनले पराजित

एजेन्सी -इण्डियन प्रिमियर लिग अन्तरगत सोमबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैङ्लोरले सनराइजर्स हैदराबादलाई १० रनले पराजित गरेको छ। युएईमा जारी लिगमा टस जितेर हैदराबादले पहिले बलिङ गर्ने निर्णय गरेको थियो।

पहिले ब्याटिङ् गरेको बेङ्लोरले निर्धारित ओभरमा ५ विकेटको क्षतिमा १६३ रन बनाएको थियो। यो योगफल तयार गर्ने क्रममा देवदत्त पडिकलले सर्वाधिक ५६ रन जोडे भने एबी डी डिलियर्सले ५१ रन बनाएका थिए।

त्यसपछि जवाफी ब्याटिङमा उत्रेको हैदराबाद १९.४ ओभरमा अलआउट हुँदै १५३ रनमा समेटिएको थियो।

एक समय २ विकेटको क्षतिमा १२१ रन बनाएर बलियो अवस्थामा रहेको हैदरावादले त्यसपछि लगातार विकेट गुमाउँदा खेल बेङ्लोरको पोल्टामा पुगेको हो। हैदरबादले ३२ रन जोड्दा आफ्नो सबै विकेट गुमाउनु परेको थियो।

हैदरबादका लागि जोनी बेयरस्टोले सर्वाधिक ६१ रन बनाएका थिए।लिगको तेश्रो संस्करणपछि बेङ्लोरले आफ्नो पहिलो खेलमा जित हासिल गरेको यो पहिलो पटक हो।

बेङ्लोरका लागि युजवेन्द्र चहलले सर्वाधिक ३ विकेट लिए भने नवदीप सैनीले २ विकेट लिए।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal