eNepal

जिएनएले कनेक्ट, कम्युनिकेट अनि क्यर सम्बन्धित भर्चुअल कार्यक्रम आयोजना गर्दै

जिलोङ नेप्लिज एसोसियसन (जिएनए)ले जिलोङ लगाएत जिलोङ आसपासमा बसोबास गर्ने नेपालीहरुलाई लक्ष्क्षीत गर्दै कनेक्ट, कम्युनिकेट र क्येर सम्बन्धित भर्चुअल कार्यक्रम आयोजना गर्ने भएको छ।

कोभिड १९ को कारण समुदायका सदस्यहरुको मानसिक स्वास्थ्यमा बढावा आएको छ। धेरै मात्रामा समुदायका सदस्यहरूबाट दैनिक जसो फोन कलहरू आएको र यसबाट चिन्ता, तनाव र निराशाको स्तर दिन प्रतिदिन उल्लेखनीय रूपमा वृद्धि भइरहेको छ। 

धेरै बिधार्थीहरुको कोरोनाका कारण काम फुत्किएको छ जसले गर्दा उनीहरुलाई अर्थ व्यबस्थापन गर्न अत्यन्तै गार्हो भएको अवस्था छ भने काम हुनेहरुले पनि घरबाट नै काम गरि रहेको समय छ तसर्थ, कोभिड महामारीको समयमा चिन्ता र तनावलाई कसरी व्यवस्थापन गर्ने भनेर छलफल गर्न वास्तवमै महत्त्वपूर्ण रहेको भन्दै यो कार्यक्रम अहिलेको आवस्यकता रहेको जिएनएका अध्यक्ष निरज करणजितले बताउनु भयो।

२५ सेप्टेम्बर शुक्रबार साँझ ६ बजे देखि ७:३० सम्म हुने भुर्चअल कार्यक्रमका विशेष अतिथिमा मनोचिकित्सक डा.अनुपम पोखरेल, मनोवैज्ञानिक डा. नरेन्द्र एस थागुन्ना  र माइन्डफुलनेस कोच मौसम रत्न शाक्य हुनुहुन्छ।

भर्चुअल कार्यक्रममा भाग लिनको लागि गुगल मिटिंग लिंक:

https://meet.google.com/asf-hzvy-bkc

Joining Code- asf-hzvy-bkc

साथै कार्यक्रम शुरु हुनु पाँच मिनेट अगाडी प्लग ईन गरेर बस्न पनि अनुरोध गरिएको छ।

यो समय आफ्नो र आफ्नो वरीपरीको समुदायको हेरचाह गर्नु महत्वपूर्ण छ। त्यसैले आफ्नो समुदाएमा यो कार्यक्रमको बारे जानकारी सेयर गर्न पनि अनुरोध गरिएको छ।

बिधार्थी भाईबहिनीहरुमा पछिल्लो समय हतासको स्थिती बढ्दै गएको छ। एकातिर काम नपाईएको अवस्था छ भने यदाकदा घरायसी झगडाका घटना पनि सुन्नमा आएको छ।हाम्रो कल्चरल पृस्ठभुमीको कारण पनि यस्ता घटनाहरुको बिचमा पर्न गार्हो छ। हामीले यस्तै सचेतात्मक कार्यक्रमहरु गरेर समाजलाई सचेत बनाउन प्रयास गर्ने हो भन्दै एसोसियनका अध्यक्ष निरज करणजितले सबैलाई जोडीन आग्रह गर्नु भएको छ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal