मैले २००८ देखि न्याभ संस्था संग आवद्ध भएर सहकार्य गर्दै आएको छु। वर्षमा एक चोटी हाम्रा बालबालिकाको लागि ” बाल दिवस ” मनाउने गरिदो रहेछ जुन मलाई असाध्यै मन पर्यो र न्याभका लागि हृदय देखि निस्वार्थ काम गर्न थाले ।
पछि मैले न्याभ संस्थाको आजिवन सदस्यता पनि ग्रहण गरे। काम गर्दै जाने क्रममा मेरो रुचि बालबालिका प्रति बढ्दै गयो बाल दिवसको कार्यक्रममा यहाँ जन्मेका बालबालिकालाई ल्याउन सजिलो हुँदैनथ्यो। प्रत्यक अभिभावकलाई बिन्ती गर्नु पर्ने हुन्थ्यो र बिहानै बच्चाहरु आउँदा सबैभन्दा पहिला अभिभावक लगायतले खानेकुरा खोजेको मैले महसुस गरे।बच्चाहरुले आमाबाबालाई चिमोटेको , भोकले रिसाएको, आमाबाबाले मलाई आएर सोध्नु भयो – गौतमजी बच्चाहरु र हामीलाई यसो चिया कफीको ब्यवस्था छैन भनेर सोद्नु भयो मलाई धेरै मनमा लाग्यो म स्तब्ध भएँ । त्यस पछि मैले न्याभ संस्थाको समिति सँग अनुरोध गरे।

बाल दिवसका दिन बिहानी पखमा बालबालिकालाई र अभिभावक लगायत सम्पूर्ण समितिलाई खाजा र चिया कफीको ब्यवस्था मेरो ब्याक्तिगत तर्फबाट निशुल्क गरि पाउँ भनेर बिन्ति गरे र मेरो बिन्तिलाई आयोजक कमीटीले स्वीकृत गरि दिनु भयो।त्यो दिन मलाई धेरै सन्तुष्टिको अनुभव भयो ।
मैले प्रत्येक वर्ष गर्दै आएको थिएँ तर यो वर्ष कोरोनाको महामारी अनि भिक्टोरीयाको लकडाउनले कुनै पनि कार्यक्रम हुन पाएन।आज म घरमा बसेर बाल दिवसलाई सम्झि रहेको छु।

हरेक वर्षको भदौ २९ गते बालबालिका र उनीहरुको सुरक्षा अनि संरक्षणका लागी वाल दिवस मनाउने चलन चल्दै आएको छ। नेपालले बाल अधिकारसम्बन्धी महासन्धी १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बाल अधिकारको संरक्षण र बाल सहभागिता जस्ता विषयमा अन्तर्राष्ट्रिय प्रतिवद्धता प्रकट गरेको दिनकै अवसरमा नेपालमा हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ ।

