eNepal

नयाॅं प्रधानमन्त्रि चयन गर्न दौडधुप सुरु

२३ भदौ: जापानको सत्तारूढ पार्टीले मङ्गलबार प्रधानमन्त्री शिन्जो आबेको उत्तराधिकारी छनौट गर्न दौड शुरू गरेको छ । प्रधानमन्त्रीबाटराजिनामा दिने घोषणा गरेका आबेको दाहिने हात मानिने योशिहिदे सुगाले दलमा एउटा व्यक्तिको मात्र नभई दलमा कुशल नेतृत्वकोछनोट हुने बताएका छन् ।

एक स्ट्रबेरी किसान परिवारबाट जापानी राजनीतिमा उच्च नेतृत्वमा पुग्न सफल ७१ वर्षीय सुगालाई आगामी नेतृत्वको प्रमुख दाबेदारकारूपमा हेरिएको छ । जापानी मन्त्रीपरिषद्का मुख्य सचिवसमेत भई काम गरेका उनलाई सेप्टेम्बर १४ मा हुने लिबरल डेमोक्र्याटिक पार्टी(एलडीपी) को संसदीय दलको नेता बन्नका लागि पार्टीमा प्रमुख समूहहरुको समर्थन सुरक्षित भइसकेको बताइएको छ ।

एलडीपीमनिर्विरोध नेतृत्व हस्तान्तरण हुने अवस्था देखिएको छैन । नेतृत्व हात पार्न सुँगाले जापानी राजनीतिमा अर्का एक लोकप्रिय पूर्वरक्षामन्त्री र पार्टीको नीति प्रमुखसँगै संसदीय दलको नेता चयन हुनका लागि कडा प्रतिस्पर्दा गर्नुपर्नेछ ।

एलडीपीको ठोस विधायकीय बहुमतका कारण दौडका विजेताले सेप्टेम्बर १६ मा संसदमा बहुमत प्राप्त गरी प्रधानमन्त्री बन्न सक्नेछन् ।एलडीपीसँग संसदको स्पष्ट बहुमत भएकोले उक्त पार्टीको संसदीय दलको नेता नै भावी प्रधानमन्त्री हुने भन्ने निश्चित छ ।

जापानको सबैभन्दा लामो सेवा गर्ने प्रधानमन्त्री आबेले अचानक स्वास्थ्य कारणका लागि राजीनामा गर्ने घोषणा गरेका कारण एलडीपीलेनयाँ सरकार गठनका लागि नेतृत्वको दौड सुरु गरेका हुने ।

तत्कालका लागि जो प्रधानमन्त्री भएपनि प्रधानमन्त्रीले जनताको समर्थनको लागि निर्वाचनको घोषणा गर्ने जापानी राजनीतिबारेजानकार विश्लेषकहरूले अनुमान लगाएका छन् ।

तर सुगाले तत्काल आम निर्वाचन असम्भव हुने सङ्केत गर्दै नयाँ प्रधानमन्त्रीले महामारीविरूद्ध आफ्नो प्राथमिकतालाई अघि सार्नेबताएका छन् ।-एजेन्सी

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal