काठमाडौं, भदौ २४
क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा १०० गोलको कोसेढुंगा पूरा गर्दा पोर्चुगलले स्वीडेनमाथि एकपक्षीय जित निकालेको छ ।युइएफए नेसन्स लिगअन्तर्गत भएको दोस्रो खेलमा कप्तान रोनाल्डोले २ शानदार गोल गर्दा उनले १०० गोलको इतिहास मात्रै रचेनन्, पोर्चुगलले महत्त्वपूर्ण ०–२ को जितसमेत निकाल्न सफल भयो ।
अवे मैदानमा पोर्चुगललाई जिताउन ३५ वर्षीय रोनाल्डो नायक बने । टोलीका लागि २ वटै गोल उनैले गरे । उनले पहिलो हाफमो अन्तिमसमयमा फ्रि किकबाट शानदार गोल गर्दै १०० गोल पूरा गरे । त्यसपछि दोस्रो हाफको ७२औं मिनेटमा बक्स बाहिरबाट बुलेट सटमाशक्तिशाली प्रहारमा व्यक्तिगत दोस्रो गोल थपे ।

