eNepal

फ्रान्सका स्टार खेलाडी केलियन एमबाप्पेलाई कोरोना संक्रमण पुष्टि

एजेन्सी – अन्तर्राष्ट्रिय ड्युटीमा रहेका फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का युवा फरवार्ड केलियन एमबाप्पेलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

फ्रान्स फुटबल फेडेरेसन (एफएफएफ) का अनुसार अन्तर्राष्ट्रिय ड्युटीमै रहँदा उनमा सोमबार कोरोना पुष्टि भएको हो । कोरोना पुष्टिभएसँगै उनले राष्ट्रिय टोलीको क्याम्प छोड्दै सेल्फ आइसोलेसनमा गइसकेका छन् । यसअघि गरिएको परिक्षणमा भने उनको नतिजानेगेटिभ आएको थियो ।

फ्रान्स फुटबलका अनुसार २१ वर्षीय एमबाप्पे कोरोना पुष्टि हुने पीएसजीको पछिल्लो खेलाडी हुन् । यसअघि पीएसजीका नेयमार, मोउरो इकार्डी, एन्जल डि मारिया, लियान्द्रो पाराडेस, केलर नाभास र मार्किन्हसलाई कोरोना पुष्टि भइसकेको छ ।

नेसन्स लिग अन्तरगत शनिबार राति स्वीडेनविरुद्धको खेलमा एमबाप्पेले पहिलो रोजाईमा खेल्दै उनकै गोलमा १–० को जित निकालेकोथियो ।कोरोना पुष्टि भएसँगै एमबाप्पेले आज राति (मंगलबार) घरेलु मैदानमा हुने क्राएसियाविरुद्धको खेलका साथै फ्रेन्च लिग वानकोलेन्स र मार्सेलीविरुद्धको खेल गुमाउने पक्का भएका छन् ‌।

यद्यपि फ्रान्सेली लिगले एकै टोलीका ४ भन्दा बढी खेलाडी संक्रमित भए खेल स्थगित गर्न सक्ने जनाएको छ । पिएसजीको खेलबारेसंघले चाँडै निर्णय गर्नेछ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal