eNepal

भारत र चिन बिच फेरी विवाद सिमामा दुई पक्ष बिच फायरिङ

एजेन्सी, २३ भाद्र । भारत र चीनबीच फेरि युद्धको खतरा बढेको छ । विवाद बढेको लद्दाख क्षेत्रको पाङगोङ सो ताल नजिक हवाई फायरसमेत भएको छ ।

सोमबार राति भारतीय फौजले चेतावनी दिदै फायरिङ गरेको चिनियाँ पक्षको आरोप रहेको छ । लगत्तै उक्त क्षेत्रमा तनाव बढेको छ ।

चिनियाँ पक्षबाट जनमुक्ति सेनाका पश्चिम कमाण्डका प्रवक्ता कर्णेल झाङ सुइलीले भारतीय सेनाले चीन र भारतबीचको सीमा पारगरेको र सम्झौता उल्लंघन गरेको आरोप लगाएका छन् । यसले क्षेत्रीय तनाव बढाउने र समस्या ल्याउन सक्ने चेतावनी समेत दिएका छन्।

भारतीय सेनाले भने चीनको आरोपबारे कुनै प्रतिक्रिया नदिएको इन्डियन एक्सप्रेसले जनाएको छ । चिनियाँ पक्षले यसलाई उत्तेजित पार्नेगतिविधि भनेको छ ।

दुई देशबीच सीमामा तनाव हुन नदिन सैन्य तथा राजनीतिक तहमा समेत वार्ता भएको छ । यस्तो अवस्थामा पनि विवाद बढेको छ ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal