eNepal

आज पोर्चुगल र स्वीडेन बिच खेल हुॅंदै :- रोनाल्डो चोट मुक्त

एजेन्सी- नेसन्स लिग फुटबल प्रतियोगितामा आज राति साबिक विजेता पोर्चुगलले समूह चरणको दोस्रो खेल स्वीडेनसँग खेल्दै छ । सोखेलका लागि पोर्चुगल अघिल्लो दिन नै स्वीडेन उत्रिसकेको छ । खेल नेपाली समयअनुसार राति ठीक १२ः३० बजेबाट सुरु हुनेछ ।

उत्कृष्ट लयमा रहेको पोर्चुगलले यसअघि आफ्ना प्रमुख खेलाडी तथा नियमित कप्तान क्रिस्टियानो रोनाल्डोबिनै क्रोएसियालाई ४–१ लेहराएको थियो । रोनाल्डो सो खेलमा चोटका कारण खेलेका थिएनन् । तर, आज दोस्रो खेलमा स्वीडेनविरुद्ध उत्रिँदा रोनाल्डो पूर्ण रूपमाफिट भएर मैदान उत्रिँदैछन् ।

लामो समयपछि अन्तर्राष्ट्रिय खेल फर्किंदा रोनाल्डो आज राति यसै खेलबाट अन्तर्राष्ट्रिय फुटबलमा १०० गोल पूरा गरेर इतिहास रच्नेदाउमा छन् । उनले यसअघि पोर्चुगलका लागि ९९ गोल गरिसकेका छन् । आज राति मात्रै १ गोल गरे ३५ वर्षका रोनाल्डो अन्तर्राष्ट्रियफुटबलमा १०० गोल गर्ने पहिलो सक्रिय खेलाडी बन्नेछन् भने समग्रमा दोस्रो ।

समूह ३ मा रहेको पोर्चुगल हाल ३ अंकसहित समूहको शीर्ष स्थानमा छ । ३ अंक नै भएको फ्रान्स दोस्रो स्थानमा छ । आज स्वीडेनलाईउसकै घरमा हराउन सके पोर्चुगलले समूह विजेता बन्ने होड कायमै राख्नेछ ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal