eNepal

लामो समयपछि मेसि फर्किए अभ्यासमा

एजेन्सी-स्पेनिस फुटबल क्लब बार्सिलोनाका कप्तान तथा प्रमुख खेलाडी लिओनल मेस्सी प्रशिक्षणा फर्किएका छन् । आज सोमबारदेखि उनलेक्लबको ट्रेनिङ सेन्टर पुगेर प्रशिक्षण थालेका हुन् । क्लब छाड्ने निर्णय गरेर घरमै बसिरहेका मेस्सीले अन्तिम समयमा निर्णय फिर्ता लिँदैक्लबको कार्यक्रममा फर्किएका हुन् ।

अघिल्लो साता क्लब छाड्ने निर्णय क्ललबाई फ्याक्स गरेर घरमै बसेका मेस्सीले क्लबको निर्धारित मितिमा कोरोना भाइरसको जाँच, नियमित स्वास्थ्य जाँचसमेत गराएका थिएनन् । तर, विभिन्न घटनाक्रम विकास हुँदै गएपछि अन्ततः अर्जेन्टिनी फरवार्डले बार्सिलोनामैरहने एक अन्तर्वार्तामा घोषणा गरेका थिए । त्यसको २ दिनपछि उनी क्लब फर्किएका हुन् ।

आतबार मेस्सीले आफ्नै घरमै कोरोना भाइरसको (पिसिआर) जाँच गराएका थिए । रिपोर्ट नेगेटिभ आएपछि उनी आज नियमित स्वास्थ्यजाँच गराएर प्रशिक्षणमा सामेल भएका हुन् । क्लब बार्सिलोनाले अफिसियल रूपमा मेस्सीले प्रशिक्षण गर्दै गरेको तस्बिर पोस्ट गरेरयसको जानकारी दिएको छ ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal