eNepal

अध्यागमन कानूनको उल्लघंन गरेको आरोपमा जापानमा दुई नेपाली पक्राउ

टोकियो । अध्यागमन कानूनको उल्लघंन गरेको आरोपमा जापानमा दुई नेपाली पक्राउ परेका छन् । जापानको इवाराकी केन स्थितअध्यागमन कार्यालयले नक्कली कागजपत्र बनाई आवास अनुमति लिन खोजेको आरोपमा एक महिला सहित अर्का एक पुरुषलाईपक्राउ गरेको जापानी समाचार संस्था एनएचके टेलिभिजन तथा अनलाइनमा खबर प्रकाशित छ ।

समाचारमा जनाइएअनुसार पक्राउ पर्नेमा ३८ बर्षिय दिपेन्द्र शाहनी र २२ बर्षिय सिर्जना बोहोरा छन् । शाहनीले गलत व्यहोरा उल्लेखितकागजपत्र बुझाएर बोहोरालाई आफ्नी छोरीका रुपमा भिसा दिलाएका थिए ।

गत मे महिनामा गलत कागजपत्र बनाई बसोबास अनुमति थप गर्नका लागि आवेदन दिएका उनीहरुको घटनालाई इबाराकी अध्यागमनकार्यालयले यस्तो प्रकृतिको घटना आफ्नो कार्यालयमा पहिलो भएको बताएको समेत समाचारमा उल्लेख छ ।

शाहनी हिताची शहरको हिगाशी तागाच्योमा रेष्टुरेन्ट व्यवसायमा संलग्न रहेको र उनले छोरीका रुपमा कागजात पेश गरेकी महिलाशाहनीकी पूर्वपत्नि तर्फकी साली रहेको समेत समाचारमा उल्लेख छ ।

तयार पारिएको नक्कली कागजातमा छोरीको नाम दिपिशा शाहनी राखिएको समेत समाचारमा उल्लेख छ । शाहनीले ओभरस्टे बसीपक्राउ परेका अरु ३ जना नेपालीहरुलाई पनि यसैगरि नक्कली नाता देखाई जापान भित्र्याएको विषयमा समेत छानविन भइरहेको छ ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal