eNepal

अन्तराष्ट्रिय उडानको तालिकामा फेरबदल गर्दे थपिए ५५ उडान

काठमाण्डौ -मन्त्रिपरिषदले अन्तर्राष्ट्रियतर्फ दैनिक आगमन यात्रु ८ सयसम्म नबढ्ने गरी नियमित र चार्टर उडान सञ्चालन गर्ने आदेशदिएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तालिकामा ५५ वटा उडान थपेर १ सय ४२ वटा उडानलाई अनुमति दिइएको छ।

कोभिड–१९ को माहामारीका कारण स्वदेश फर्किन चाहने नेपालीहरु श्रम गन्तव्यमा हजारौंको संख्यामा रहेकाले भदौ १४ गतेकोमन्त्रिपरिषद बैठकले चार्टर र नियमित दुवै उडानबाट आउने यात्रुको संख्या ३ सय थप्दै ८ सय पुर्‍याएको थियो । सरकारले भदौं ४ कोजारी गरेको यात्रु संख्या ५ सयको आदेश संशाेधन गरिदिएछि मन्त्रालयले भदौ १६ देखि असोज १४ सम्मको एक महिनामा ९३ वटानियमित र ४९ वटा चार्टर उडानलाई काठमाडौंका लागि अनुमति दिएको हो ।

सरकारले पहिलोपटक भदौं ४ गते मन्त्रिपरिषदबाट दैनिक आगमन यात्रु ५ सय नबढ्ने गरी चार्टर उडानसँगै निमियत उडान खुला गर्नेनिर्णय गरेको थियो । तर, नेपाल आउने यात्रुको संख्या विदेशमा अत्याधिक भएको र थोरै उडानमा टिकट अत्याधिक महँगो भएपछिसरकारलाई उडान संख्या बढाउन दबाब परेको थियो ।

हाल नियमित उडान खुला गरिएका गन्तव्यमा छिमेकी मुलुक भारतबाहेक चीनको छेन्दु, ग्वाङजाउ, छोङकुइङ, हङकङ, मलेसिया, जापान, कोरिया छन् । त्यस्तै पश्चिममा दोहा, दुबई, शारजाह, साउदी अरब, आबुधाबी र इस्तानबुल छन् । त्यस्तै चार्टर (उद्धार) उडानतर्फ माल्दिभ्स, कतार, कुवेत, जेद्दा ओमन, बहराइन, रियाद, सिंगापुर आदि गन्तव्य छन् ।

उडान अनुमति पाउने स्वदेश वायुसेवामा नेपाल वायुसेवा निगम, हिमालय एयरलायन्स र श्री एयरलायन्स छन । विदेशीतर्फ कोरियनएयर, चाइना साउर्दन, एयर चाइना, मलेसियन एयरलायन्स, मालिन्दो एयर, क्याथे ड्रयागन, सिल्क एयर, एयर अरेबिया, कतार एयरवेज, फ्लाई दुबई, जजिरा एयर लगायत छन् ।

मन्त्रालयका एक अधिकारीका अनुसार यी नियमित तथा चार्टर उडानले काठमाडौंमा यात्रु ल्याउँदा बिहान ६ बजेदेखि बेलुकी ६ बजेभित्रआइसक्नुपर्ने छ । यी उडानमा मेडिकल लगायतका कार्गो उडान गर्ने वायुसेवाको अनुमति समेटीएको छैन ।

नियमित उडानमा नेपाल आउने यात्रुले उडान हुनु ७२ घन्टाभित्रको पीसीआर नेगेटिभ भएको रिपोर्ट अनिवार्य ल्याउनु पर्ने नियम छ । एउटैउडानमा पीसीआर जाँच गरेका र नगरेका यात्रु मिसाएर ल्याउन रोक लगाइएको छ । त्यसो गरेमा वायुसेवाको खर्चमा ७ दिन सबैयात्रुलाई काठमाडौंका होटल क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने नियम छ ।

नियमित उडानबाट काठमाडौंमा पर्यटकलाई आउन रोक नै लगाइएको छ । तर नेपालमा रहेका कूटनैतिक नियोग, दूतावास, अन्तर्राष्ट्रियविकास साझेदार संस्था, संयुक्त राष्ट्र संघका नियोगमा कार्यरत कर्मचारी र तीनका परिवारलाई भने आउन छुट छ । साभर -ईकान्तिपुर  

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal