eNepal

बार्सिलोनका स्टार फरवार्ड ग्रीजम्यानले यसकारण क्लब छाड्न सक्ने संकेत

एजेन्सी-  बार्सिलोनाका स्टार फरवार्ड एन्टोनी ग्रीजम्यानलाई इंग्लिस क्लबले भित्र्याउन चासो देखाएका छन् । क्याम्प नोउमा पछिल्लोसमय विकसित घटनाक्रमको अध्ययन गर्दै २९ वर्षका फ्रेन्च फरवार्ड भित्र्याउन लिभरपुल र म्यानचेस्टर युनाइटेड दौडमा निस्किएकोअन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।

बार्सिलोनामा क्लब छाड्ने निर्णय गरेका कप्तान मेस्सीले क्लब छाड्ने निर्णय फिर्ता लिएर बार्सिलोनामै रहने निर्णय गरेपछि फेरि पनिग्रीजम्यानको भविष्य अनिश्चित बन्ने देखिएको छ । यसअघि मेस्सीले क्लब छाड्ने निर्णय गरेपछि नयाँ सिजनबाट मेस्सीको स्थानमाग्रीजम्यानले प्रमुख भूमिका पाउने अवस्था थियो । नयाँ प्रशिक्षक रोनाल्ड कोएमानले पनि आफूले नयाँ सिजनमा ग्रीजम्यानलाई प्रमुखभूमिका दिने बताएका थिए ।

अघिल्ला प्रशिक्षकले ग्रीजम्यानलाई आफ्नो पोजिसनअनुसार नखेलाएको भन्दै नयाँ कोच कोएमानले आफ्नो योजनामा ग्रीजम्यानलेसेन्ट्रल फरवार्डको भूमिका पाउने बताएका थिए । जबकि, त्यसबेला मेस्सीले क्लब छाड्ने निर्णय गरिसकेका थिए । मेस्सी बार्सिलोनामैरहेको अवस्थामा ग्रीजम्यानले आफ्नो पोजिसन पाउने सम्भावना छैन । किनभने, बार्सिलोनामा सेन्टर फरवार्ड पोजिसनमा कप्तान मेस्सीखेल्छन् ।

टोलीमा एकै पोजिसनमा खेल्ने २ जना स्टार खेलाडी हुँदा प्रशिक्षकलाई टोली बनाउन समस्या पर्ने देखिएको छ । यसअघि नै कोएमानलेग्रीजम्यानसँग बैठक गरेर आफ्नो योजनामा उनले प्रमुख भूमिका पाउने विश्वास दिलाएका छन् । तर, मेस्सीले क्लब नछाड्ने अवस्थामाफेरि पनि मेस्सी टोलीका प्रमुख भूमिकामा रहने हुँदा ग्रीजम्यानले नयाँ सिजनमा प्रमुख भूमिका पाउने सम्भावनै छैन ।

नयाँ प्रशिक्षकले लिभरपुलबाट अट्याकिङ मिडफिल्डर जर्जिनो विज्नाल्डुमसहित इटालियन इन्टर मिलानका लौटारो मार्टिनेज र फ्रेन्चक्लब लियोनका मेम्फिस डिपेमध्ये एकजना भित्र्याउन चाहेका छन् । उनीहरू ३ जनामध्ये २ जना अनुबन्ध भए बार्सिलोनाको आक्रमणलाइनमा खेलाडीको संख्या बढ्नेछ । बार्यन म्युनिखबाट फिलिपे कोउटिन्हो फर्किएकाले पनि केही प्रमुख खेलाडीको भूमिका नयाँसिजनमा खुम्चिने देखिन्छ । किनभने, कोउटिन्हो नयाँ सिजनमा प्रमुख योजनामा रहने पक्का छ ।

यी सबै स्थिति बुझेका इंग्लिस क्लबले विश्वकपविजेता खेलाडीलाई भित्र्याउन चासो देखाएका हुन् । बार्सिलोनामा आफ्नो प्रमुखभूमिका सुनिश्चित नदेखे ग्रीजम्यानले पहिलो रोजाइको खेलाडी बन्ने अवसर आउँदा बार्सिलोना छाड्ने सम्भावना देखेका छन् ।बार्सिलोनाले लुइस स्वारेज बेचेर उनको स्थानमा डिपे भित्र्याउने सम्भावना प्रबल छ । यदि डिपे र मार्टिनेजमध्ये एकजना भित्रिएग्रीजम्यानको भूमिका खुम्चिने पक्का छ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal