जापान – जापानी संचारसंस्था एनएचकेका अनुसार हाइशेन ताइफुका कारण क्युसुमा कम्तिमा २९ जना घाइते भएका छन् ।
घाइते हुनेहरुमा खागोसिमा प्रिफेक्चरमा ७ जना, मियाजाकी प्रिफेक्चरमा ६ जना, नागासाकी प्रिफेक्चरमा ६ जना, कुमामोतोप्रिफेक्चरमा ४ जना, ओइतामा ३ जना, फुकुओकामा २ जना र सागा प्रिफेक्चरमा १ जना रहेका छन् ।
अधिकारीहरुले उत्तरी क्युसुमा ट्रक पल्टाउने बराबरको हावाहुरी चलेको बताएका छन् । ‘क्युसु क्षेत्रमा हावाहुरी एकदम बलियो रहेकोपाइएको छ ।’ उनीहरुले भनेका छन ‘यसले थप क्षति गर्नसक्छ ।’
सोमबार बिहान २ बजे नागासाकी शहरको नोमाजाकिमा प्रति घण्टा २१० किलोमिटर मापन गरिएको थियो । त्यस क्षेत्र यत्तिको बलियोहावाहुरी लागेको पहिलो पटक रहेको पाइएको छ ।
यसैगरि ताइफु हाइसेन कै कारणले क्युसु, शिकोकु र च्युउगोकु क्षेत्रबाट जानेआउने एयरलाइन्सका ५७९ घरेलु उडानहरू रद्द भएको छ ।सडक तथा रेल यातायात पनि प्रभावित बनेको छ ।

