eNepal

अक्टोबरदेखि जापानले कोभिड–१९ को परीक्षण र उपचारको लागि नयाँ प्रक्रिया शुरु गर्ने

टोकियो । इन्फ्लुएन्जाको मौसमलाई दृष्टिगत गरेर स्वास्थ्य मन्त्रालयले कोभिड–१९ को लक्षण देखा परेको व्यक्तिको परीक्षण र उपचार निर्धारण गर्ने प्रक्रियासंसोधन गरेको हो ।

अहिलेसम्म ज्वरो आएको वा खोकी लागेको आधारमा मानिसहरुलाई स्थानीय स्वास्थ्य कार्यालयमा सम्पर्क गर्ने सुझाव दिइन्थ्यो ।यहाँका कर्मचारीहरुले सो व्यक्तिको उपचार र परीक्षण स्वास्थ्य संस्थामा गर्ने कि नगर्ने भनेर निर्णय गर्थे । तर सेप्टेम्बर ४ मा सार्वजनिकगरिएको निर्देशिकामा भने व्यक्तिले परीक्षण र उपचार निर्धारित स्वास्थ्य संस्थामा गर्ने कि नगर्ने भन्नेबारे निर्णय गर्नु अघि आफ्नोपारिवारिक डाक्टरलाई फोन गरेर वा नजिकको स्वास्थ्य संस्थामा परामर्श लिन सक्नेछन् ।

पहिलो चरणको कोभिड–१९ को बेलामा परीक्षणको लागि अत्यधिक लामो समय कुर्नु पर्ने अवस्था उत्पन्न भएको थियो । यस पटकत्यस्तो खालको अवस्था टार्नका लागि प्रक्रिया परिवर्तन गरिएको हो । नयाँ प्रक्रिया छिटोमा अक्टोबरसम्ममा शुरु हुनेछ ।

यति बेला इन्फ्लुएन्जाको सिजन शुरु हुने र अस्पतालहरुमा मानिसहरुको भिड धेरै हुने भएकोले पनि सरकारले यस्तो कदम चालेको हो ।स्वास्थ्य मन्त्रालयले सोही दिन सबै प्रिफेक्चरका अधिकारीहरुलाई अक्टोबरको अन्त्य अघि नै उपर्युक्त स्वास्थ्य संरचना स्थापनाकोलागि सूचित गरिसकेको छ ।

प्रिफेक्चर सरकारले कोभिड–१९ र इन्फ्लुएन्जाको परीक्षण र उपचार गर्न सक्ने स्वास्थ्य संस्थाहरु निर्धारण गर्नेछन् । यी संस्थाहरुलाईसरलीकृत एन्टिजेन परीक्षण गर्ने अनुमति दिइनेछ । यसबाट पीसीआर परीक्षण भन्दा कम समयमै व्यक्तिलाई कोभिड–१९ लागेको छ किछैन भन्ने नतिजा प्राप्त हुनेछ । संदिग्ध व्यक्तिले फोनबाट आफ्नो पारिवारिक डाक्टरलाई सम्पर्क गरेपछि डाक्टरको क्लिनिक कोभिड–१९ को उपचारका लागि निर्दिष्ट मध्ये पर्दछ भने परीक्षण र उपचारका लागि त्यही नाम टिपाउन सक्नेछ । यदि होइन भने सो डाक्टरलेनिर्धारित संस्थाको नाम सुझाउनेछन् ।

निर्धारित स्वास्थ्य संस्थाको नाम सार्वजनिक गर्ने कि नगर्ने भन्ने निर्णय स्थानीय सरकारले गर्नेछ । प्रिफेक्चर सरकारले कोभिड–१९ कोउपचारका लागि सकेसम्म धेरै स्वास्थ्य संस्थाको नाम निर्दिष्ट गर्ने अपेक्षा आफूले गरेको स्वास्थ्य मन्त्री खाचुनोबु कातोले शुक्रबारबताएका थिए । निर्धारित स्वास्थ्य संस्थालाई आर्थिक सहायता उपलब्ध गराइने समेत उनले बताए ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal