एजेन्सी । युवा स्टार खेलाडी केलियन एम्बाप्पेको निर्णायक गोलमा फ्रान्सले यूईएफए नेसन्स लिग अन्तर्गत समूह चरणको पहिलोखेलमा जित निकालेको छ । शनिबार राति भएको खेलमा फ्रान्सले स्वीडेनलाई १–० गोल अन्तरले हराएको हो ।
स्वीडेनको घरेलु मैदानमा भएको खेलमा फ्रान्सलाई जित दिलाउन एम्बाप्पेले निर्णायक गोल गरे । उनले खेलको ४१ औँ मिनेटमा गरेकोगोल नै निर्णायक गोल बन्न पुगेको थियो । विश्ककप विजेता टोली फ्रान्सले पहिलो खेलमा जितसँगै सुरुआत गरेको छ ।
फ्रान्सको आजको खेलमा बार्सिलोनाका स्टार खेलाडी एन्टोनी ग्रिजम्यान, चेल्सीका खेलाडी ओलिभर जिरुडले पनि खेलमा प्रभावजमाएका थिए ।
जितसँगै फ्रान्सले एक खेलमा जित निकाल्दै एक खेलबाट तीन अंक जोड्न सफल भएको छ । यसै समूहमा रहेको पोर्चुगलले पनिपहिलो खेलमा जित निकाल्दै तीन अंक जोडेको छ ।

