eNepal

क्रोएसियाको पोष्टमा गोलको बर्षा पोर्चुगल ४-१ ले विजयी

एजेन्सी – कप्तान क्रिस्टियानो रोनाल्डो चोटका कारण अनुपस्थित रहेपनि पोर्चुगलले यूईएफए नेसन्स लिगको पहिलो खेलमाक्रोएसियामाथि ४-१ को जित दर्ता गरेको छ ।

झन्डै १० महिनापछि मैदानमा फर्किएको प्रतियोगिताको साविक विजेता पोर्चुगलले एकपक्षीय प्रदर्शन गर्दै विश्वकपको उपविजेताक्रोएसियालाई पराजित गरेको हो । खेलको पहिलो हाफमा नै आधा दर्जन अवसर खेर फालेको पोर्चुगलले अग्रता लिन ४१ औं मिनेटकुर्नुपरेको थियो । जोआओ क्यान्सेलोले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा नै तीन पटक क्रसबारमा प्रहार गरेको पोर्चुगलले दोस्रो हाफमा तीन गोल थप्यो । वल्भ्सबाट व्यावसायिक फुटबल खेल्दैआएका डीओगो जोटाले ५८ औं मिनेटमा अग्रता दोब्बर पारे । उनले राफेल गुरेरोको पासलाई सदुपयोग गरेका थिए ।

७० औं मिनेटमा एटलेटिको म्याड्रिडका युवा फरवार्ड जोआओ फेलिक्सले गोल गरे । म्यानचेस्टर सिटीका बर्नार्डो सिल्भाको पासमाफेलिक्सले पेनाल्टी क्षेत्र बाहिरबाट सुन्दर गोल गरेका थिए । खेलको ९० औं मिनेटमा आन्द्रे सिल्भाले पेपेको पासमा गोल गर्दै फराकिलोजित पक्का गरे ।

कप्तान क्रिस्टियानो रोनाल्डोले बुढी औंलामा सामान्य चोट लागेका कारण यो खेल गुमाएका थिए । यता क्रोएसियाका लागि लुकामोड्रीच र इभान राकीटिचलाई यस चरणका लागि विश्राम दिइएको थियो । रोनाल्डोले अर्को खेल पनि गुमाउने सम्भावना रहेको छ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal