टोकियो । जापानको दक्षिण पश्चिममा शक्तिशाली ताइफु आउने क्रममा रहेको छ । आइतबार वा सोमबार क्युशु टापुमा हाइशेन ताइफुआउने अनुमान मौसम विभागले गरेको छ ।
ताइफु आइपुग्न भन्दा अगाडि नै सुरक्षित स्थलमा जानका लागि मौसम अधिकारीहरुले स्थानीय बासिन्दाहरुलाई आग्रह गरेका छन् ।हाइशेन शनिवार मध्याहन्न प्रशान्त महासागर मिनामी दाइतो टापुको १ सय ७० किमि दक्षिण तर्फ रहेको विभागले बताएको छ ।
ताइफु प्रतिघन्टा १५ किमिका दरले पश्चिम उत्तरतर्फ हिडिरहेको छ । ताइफुको मध्यम वायुमण्डलीय दबाब ९२० हेक्टोपास्कल रहेको छ। दाइतोजिमा क्षेत्र ताइफुको आँधी क्षेत्र हो ।
कितादाइतो विमानस्थलमा मापन उपकरणमा बिहान ९ बजे वायुको गति प्रतिघन्टा १३० किमि रेकर्ड भएको छ । शनिवारदेखिआइतबारसम्म ओकिनावा र आमामीमा प्रतिघन्डा २०० किमिको गतिमा हुरी चल्ने अपेक्षा गरिएको छ ।
क्युशुमा भने प्रतिघन्टा १८० किमिका दरले हावा चल्ने अनुमान छ । ओकिनावा र आमामी क्षेत्रमा शनिवार देखि आइतबारसम्म र क्युशुमाआइतबार र सोमबार मुसलधारे वर्षा हुने विभागले बताएको छ ।
आमामी र ओकिानावाका केही क्षेत्रमा आइतबार मध्याहन्नसम्म १५० देखि ३०० मिलिमिटर वर्षा हुने अधिकारीहरुले बताएका छन् ।दक्षिण क्युशुमा भने सोमबार मध्याहन्न सम्मको २४ घन्टामा ४०० देखि ६०० मिलिमिटर वर्ष हुने अनुमान गरिएको छ । एजेन्सी

