eNepal

सन्दीप लामिछाने आवद्ध जमैका तल्लावाजले आज बार्बाडोस ट्राइडेन्ट्सविरुद्ध खेल्ने

काठमाडौं -वेस्ट इन्डिजमा जारी क्यारेबियन प्रिमियर लिगमा सन्दीप लामिछाने आवद्ध जमैका तल्लावाजले आज गत संस्करण विजेता बार्बाडोस ट्राइडेन्ट्सविरुद्ध खेल्न लागेको छ ।

जमैका र बार्बाडोसविरुद्धको खेल नेपाली समयअनुसार राति १२ बजेपछि सुरु हुनेछ । जारी सिजनमा जमैकाले सेमिफाइनलमा स्थान बनाइसकेको छ ।

बार्बाडोस र सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्स भने यो पटक लिग चरणबाटै बाहिरिएका छन् । जारी संस्करणमा जमैकासँगै गायना अमेजन वारियर्स, सेन्ट लुसिया जुक्स, ट्रीनबागो नाइट राइडर्स सेमिफाइनलमा स्थान बनाउन सफल भएका छन् ।

बार्बाडोस ट्राइडेन्ट्समा जेसन होल्डर, कोरी एण्डरसन, राशिद खान, मिचेल सान्टनर, साई होप, हेडन वाल्स, एश्ले नर्स जस्ता नाम चलेका खेलाडी छन् ।

जमैकामा सन्दीपसहित रोभम्यान पावेल, आन्द्रे रसेल, चाडविक वाल्टन, ओशेन थोमस, कार्लोस ब्राथवेट, ग्लेन फिलिप्स, मुजिबउर रहमान, असिफ अली जस्ता स्टार क्रिकेटर छन् ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal