एजेन्सी- नेसन्स लिग फुटबल प्रतियोगितामा आज साबिक च्याम्पियन पोर्चुगलले दोस्रो संस्करणको पहिलो खेल खेल्दै छ । समूह‘सी’मा रहेको पोर्चुगलले पहिलो खेल सन् २०१८ को विश्वकपको उपविजेता टोली क्रोएसियाको सामना आफ्नै भूमिमा गर्दै छ । खेलपोर्चुगलस्थित इस्टाडियो डु ड्रागआओ रंगशाालामा हुनेछ ।
समूह ‘सी’मा पोर्चुगल र क्रोएसियतसहित सन् २०१८ को विश्वच्याम्पियन फ्रान्स तथा स्वीडेन रहेका छन् । यस समूहलाई सबैभन्दाकठिन समूहका रूपमा हेरिएको छ । किनभने, यस समूहमा युरोपका तीन ठूला टोलीले एक अर्काको सामना गर्नेछन् ।
आज प्रतियोगिताको पहिलो खेल खेल्दा पोर्चुगलको टोलीमा कप्तान क्रिस्टियानो रोनाल्डो खेल्ने सम्भावना न्यून छ । ३ दिनअघि खुट्टाकोऔंलामा चोट परेपछि २ दिन प्रशिक्षणमा सामेल नभएका उनको स्थितिबारे हालसम्म स्पष्ट भएको छैन । उनले खेल्ने–नखेल्ने अन्तिमसमयमा मात्रै टुंगो लाग्नेछ ।
रोनाल्डो यसै खेलबाट अन्तर्राष्ट्रिय फुटबलको इतिहासमा १०० गोल गरेर इतिहास रच्ने दाउमा थिए । उनले हालसम्म पोर्चुगलका लागि९९ गोल गरिसकेका छन् । १०० गोलको कोसेढुंगा पार गर्न उनलाई अब मात्रै १ गोल आवश्यक छ । त्यसपछि उनी फुटबलमा इतिहासमासक्रिय खेलाडीमध्ये १०० गोल गर्ने पहिलो खेलाडी बन्नेछन् भने समग्रमा दोस्रो खेलाडी बन्नेछन् । रोनाल्डोले यसै वर्षभित्रमा इरानकाअली डेईका नाममा रहेको १०९ गोलको दुर्लभ रेकर्ड पनि तोड्ने सम्भावना प्रबल छ ।
यदि आज रोनाल्डो नखेले पनि पोर्चुगलको टोलीमा युवा खेलाडीको टोली तयार हुनेछ । जुआओ फेलिक्स, बर्नान्डो सिल्भा, ब्रुनोफर्नान्डेज, आन्ड्रे सिल्भासहितका खेलाडीले आक्रमण लाइन सम्हाल्नेछन् ।

