eNepal

स्पेनिस फुटबल क्लब बार्सिलोनाका कप्तान तथा प्रमुख खेलाडी मेस्सीले क्लब छाड्ने निर्णय फिर्ता

एजेन्सी-स्पेनिस फुटबल क्लब बार्सिलोनाका कप्तान तथा प्रमुख खेलाडी लिओनल मेस्सीले क्लब छाड्ने निर्णय फिर्ता लिएका छन् । आज शुक्रबार चर्चित खेल मिडिया ‘गोल’सँग कुरा गर्दै अर्जेन्टिनी फरवार्ड मेस्सीले क्लब छाड्ने निर्णय फिर्ता लिँदै आफू बार्सिलोनामै रहने पुष्टि गरेका छन् । क्लब छाड्ने निर्णय ब्युरोफ्याक्समार्फत् क्लबलाई पठाएपछि मेस्सीले एक साता बितिसक्दा पहिलोपटक सार्वजनिक रूपमा आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

अन्तर्वार्तामार्फत् मेस्सीले आफूले किन क्लब छाड्ने निर्णय लिनुपरेको थियो र पुनः किन निर्णय फिर्ता लिनुपर्ने अवस्था आयो भन्ने कुरा बताएका छन् । साथै उनले क्लब अध्यक्ष जोसेप मारिया बार्टोमेउ खराब नेतृत्व रहेको र उनकै कारण क्लबमा दुर्घटना निम्तिएको पनि आरोप लगाएका छन् । अन्तर्वार्ताक्रममा मेस्सील भनेका छन्, ‘म क्लब छाड्न चाहन्थें । किनभने, म खुसी थिइनँ । धेरै कुरामा मेरो असहमति थिए । क्लबका अध्यक्ष बार्टोमेउ क्लब नेतृत्वका लागि एक खराब व्यक्ति हुन्, एक दुर्घटनाजस्तै ।’

मेस्सीले क्लब छाड्नेक्रममा आफूले बार्सिलोनालाई अदालतसम्म लैजान नचाहेकैले क्लब छाड्ने निर्णयबाट पछि हट्नु परेको बताएका छन् । ‘जहाँ मैले २० वर्ष बिताएँ र सिंगो जीवन खर्चेर योगदान दिएँ, त्यो क्लबलाई म अदालतसम्म लान चाहन्नथें । यसकारण म यहाँ छु । तर, म कानुनी आधारमा अझै पनि क्लब छाड्न सक्छु,’ मेस्सीले भनेका छन् ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal