eNepal

हाईशेन ताईफु दशकौं यताको शक्तिशाली हुनसक्ने :जापानी मौसम विज्ञानको चेतावनी

जापान :-जापानको मौसम विज्ञान एजेन्सीले चेतावनी दिंदै देशको दक्षिण पश्चिम क्षेत्रमा आउन लागेको हाईशेन ताईफु दशकौं यताको शक्तिशाली हुनसक्ने अनुमान गरेको छ ।

आइतवार र सोमबार दक्षिण पश्चिमी जापानका विभिन्न स्थानहरुमा प्रभाव पार्ने अनुमान गरिएको यो सिजनको दशौं नम्बर ताइफुबाट सुरक्षित रहन उपलब्ध श्रोत र साधनको अधिकतम प्रयोग गर्न मौसम अधिकारीहरुले आग्रह गरेका छन् ।

समय थोरै भएकाले सुरक्षित रहन चाँडो तयारी गर्न र केही दिनका लागि अत्यावश्यक वस्तुहरुको जोहो गर्न समेत भनिएको छ ।

जसमा नपकाई खान सकिने खाना, पानी, विद्युतिय सामग्री, स्वास्थ्य सामग्री, लगायत । ताईफुले सोचे भन्दा धेरै क्षती पुर्याउने सम्भावना रहेकाले केहीदिनका लागि अत्यावश्यक सेवा अवरुद्ध हुनसक्ने आशंका अधिकारीहरुले गरेका छन् ।

हाइशेन ताईफु शुक्रबार अपरान्ह जापानको दक्षिणमा रहेको छ बिहान पत्रकार सम्मलेन आयोजना गर्दै मौसम विज्ञहरुले ताइफु उत्तर–पश्चिमतिर अघि बढिरहेको र यसले केन्द्र भागमा १८० किलोमिटर क्षमता र २ सय ५२ किलोमिटर प्रतिघण्टा तेजगति क्षमताको बिनास निम्त्याउन सक्ने हावाहुरी बोकेको बताएका थिए ।

अघि बढ्ने क्रममा ताईफु थप शक्तिशाली हुने अनुमान गर्दै मौसम विद्धहरुले यसले हाल पूर्वानुमान गरिएको हिँड्ने बाटो सामान्य रुपमा फेर्नसक्ने अनुमान समेत गरेका छन् ।

यसको प्रभाब शनिवार विहान ओकिनावामा देखिने मौषमविदहरुको अनुमान छ ।
ओकिनावामा ताईफुले १८० किलोमिटर क्षमता र २ सय ५२ किलोमिटर प्रतिघण्टाको बिनासकारी रुप देखाउने अनुमान छ तर ओकिनावाबाट अघि बढ्दा यो थप शक्तिशाली हुने पूर्वानुमान गरिएको छ ।

ओकिनावामा ताईफुको छालहरु १३ मिटर माथीसम्म पुग्ने अनुमान गरिएको छ । जुन सामान्यतया बिनासकारी मानिने सुनामीको अवस्थामा बराबर हो ।

अधिकारीहरूले ओकिनावा र अमामी क्षेत्रहरूमा शनिबार आइतवार अधिकतम तयारी र गम्भिर सावधानी अपनाउन र यसको तयारी थालिहाल्न विशेष आग्रह गरेका छन् ।

यसैगरि ताईफु हाईशेनले आइतवार र सोमबार क्युशुमा मुसलधारे वर्षा सहिको प्रभाव देखाउने भएकाले सक्दो सुरक्षात्मक उपाय, अत्यावश्यक वस्तुको व्यवस्था र सुरक्षित स्थान तय गरेर बस्न नागरिक र स्थानिय निकायलाई गम्भिर रुपमा सचेत गराएका छन् ।

खागोशिमा र मियाजाकी क्षेत्रमा विशेषगरी ताईफुसँगै बाढी र डुबानको समस्या निम्तने भएकाले खोला, नदि, तथा तलाउ र गहिरो स्थानमा गम्भिर सावधानी अपनाउन भनिएको छ ।

हागिविस ताईफुलाई अधिकतम खतरा स्तरको क्याटोगोरी चारमा राखिएको थियो भने हाल ताईफुको वितण्डा रुप लिनुअघिनै हाईशेन ताईफुलाई पपनि क्याटोगोरी चारमा राखिएको छ ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal