eNepal

मेस्सीका पिता र बार्सिलोना क्लबबिच आज निणार्यक वार्ता हुदै

एजेन्सी-स्पेनिस फुटबल क्लब बार्सिलोनाका प्रमुख खेलाडी लिओनल मेस्सीले क्लब छाड्ने निर्णय गरेपछि उत्पन्न घटनाक्रमबीच क्लबका अध्यक्ष र मेस्सीका पिताबीच निर्णायक छलफल हुने भएको छ । मेस्सीका पिता जोर्गे मेस्सी छोरा मेस्सीका एजेन्टसमेत हुन् । स्पेनिस मिडियाका अनुसार आज बुधबार क्लबका अध्यक्ष जोसेप मारिया बार्टोमेउ र मेस्सीका पिताबीच पहिलोपटक औपचारिक छलफल हुन लागेको हो ।

जोर्गे मेस्सी अर्जेन्टिनाबाट सोमबार मात्रै बार्सिलोना पुगिसकेका छन् । उनी आफ्ना छोराको केस किनारा लगाउनकै लागि बार्सिलोना पुगेका छन् । नयाँ सिजन सुरु हुने मिति नजिकिँदै गर्दा बार्सिलोनाले मेस्सीको विषयमा निर्णय दिन नसक्दा मेस्सीका पिता छलफलका लागि बार्सिलोना पुगेका हुन् ।

मेस्सीले आफ्नो सम्झौताअनुसारै क्लब छाड्न पाउनुपर्ने अनुरोध गर्दै आफ्नो निर्णय क्लबलाई बुझाइसकेका छन् । उनले आफ्नो अन्तिम एक वर्षको सम्झौता बाँकी रहे पनि त्यसलाई खारेज गरेर फ्रि ट्रान्सफरमा क्लब छाड्न पाउनुपर्ने सर्त राखेका छन् । मेस्सीको रिलिज क्लज ७०० मिलियन युरो छ । यदि क्लब बार्सिलोनाको सहमतिबिनै कुनै क्लबले मेस्सीलाई एकपक्षीय रूपमा भित्र्याउँदा ७०० मिलियन युरो तिर्नुपर्छ ।

तर, बार्सिलोनाले मेस्सीलाई फ्रि ट्रान्सफरमा क्लब छाड्न नदिने स्पष्ट छ । बार्सिालोनाले मेस्सीले क्लब छाड्ने भए थप एक सिजन क्लबमै रहनुपर्ने कि त उनलाई लैजाने क्लबले ७०० मिलियन नै तिर्नुपर्ने बताएको छ । तर, कुनै पनि क्लबले अहिलेको स्थितिमा मेस्सीका लागि ७०० मिलियन युरो खर्चन नसक्ने भएकाले फ्रि ट्रान्सफरबिना मेस्सीको सरुवा करिब–करिब असम्भवजस्तै छ । तर, अब एक सिजन बार्सिलोनामै रहे अर्को वर्ष मेस्सीले आफूखुसी निःशुल्क चाहेको क्लबमा जान पाउँछन् ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal