eNepal

जापानको एक प्रसिद्व चिकत्सकिय उपकरण निर्माता कम्पनीले ७ हजार पिस किट नेपाललाई सहयोग

टोकियो – जापानको एक प्रसिद्द चिकत्सकिय उपकरण निर्माता कम्पनी फुजुरेबायो इंकले कोभिड-१९ परिक्षण को लागि अत्यन्तै सहज र प्रभावकारी मानिएको, ७ हजार पिस एन्टिजेन किट निःशुल्क नेपाल पठाएको छ ।

फुजिरेबायो इंक कम्पनी र नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच समन्वय गरिरहेका ग्लोबल नेपाल ट्रेडिङ् एण्ड कन्सल्टेंसीका ईन्टरनेश्नल मार्केटिङ् डाइरेक्टर कपिल देव थापाका अनुसार, उक्त कम्पनीले ५० हजार एन्टिजेन किट नेपाललाई उपलब्ध गराउने सहमती भएको छ । सो सहमती अनुसार आज बुधबार सेप्टेम्बर २ तारिख पहिलो पटक नेपाल एयरलायन्स मार्फत ७ हजार पिस नेपाल पठाईएको हो ।
कोभिड-१९ परिक्षणका लागि पिसिआर परिक्षण भन्दा सहज तथा भरपर्दो मानिने यो एन्टिजेन किटको सायहताले ३० मिनेटमा कोभिड -१९ संक्रमण भए/नभएको नतिजा दिन सक्दछ । यस्तो किट उत्पादन गर्ने यो जापानको पहिलो कम्पनी हो । प्रतिकिट मूल्य ४ हजार येन पर्दछ । यहि मूल्यमा हिसाब गर्दा २ करोड २८ लाख येन मूल्य बराबरको एन्टिजेन किट निःशुल्क नेपाल पठाईएको हो । कम्पनीले सहमती गरे अनुसार भएमा अझै ४७ हजार यस्ता किट नेपाल जानेछन् । समन्वयकर्ता थापाका अनुसार नेपाल पठाउने काममा केहि प्रकृयागत जटिलताहरु रहेकाले नेपाल पठाउने काम अपेक्षाकृत छिटो हुन सकिरहेको थिएन । अहिले भने नेपाल सरकार स्वास्थ्य मन्त्रालयनै चासो दिेएर प्रकृया अगाडी बढाएकाले छिट्टै सबै टेस्ट केटहरु नेपाल पुर्याईने छ ।
नेपाललाई मायाँ गर्ने फुजिरेबायो इंक कम्पनीका अध्यक्ष एवं कार्यकारी निर्देशक गोकि ईसिकावाले कोभिड-१९ संक्रमण बढ्दै जाँदा परिणयक्षणका लागि सहजीकरण गर्ने उदेश्यले यो ठूलो रकमका सहयोग गरेका हुन् ।

उक्त सामान पठाउनका लागि , एनआरएनए आईसिसि मानर्थ सदस्य एवं यो फुजिरेबायो कम्पनी र र नेपाल सरकारबीचका समन्वयकर्ता कपिलदेव थापा,एनआरएनए आईसिसि कोषाध्यक्ष महेश श्रेष्ठ एनआरएनए जापानका अध्यक्ष देबीलाल भन्डारी, प्रवक्ता सिद्धार्थ श्रेष्ठ तथा महिला संयोजक संगिता अधिकारी र चोंगु पार्क विमानस्थलमा पुगेका थिए ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal