दिदी-बहिनी समाज भिक्टोरियाले बिगत ५ बर्षदेखि मेलबर्नमा तीज कार्यक्रम आयोजना गर्दै कार्यक्रमबाट संकलित रकम नेपालको मध्य-पस्चिम क्षेत्रका यौन/घरेलु हिंसामा परेका महिलाहरुको सहयोगार्थ पठाउने गरेको सर्बबिदितै छ ।
कोरोना माहामारी अनि भिक्टोरीयामा चौथो चरणको लकडाउनले गर्दा यो बर्षको तीज कार्यक्रम मनाउने अबस्था रहेन तर पनि यस सामाजका जागरुक सदस्यहरुले नेपालमा गरिरहेको सहयोगलाई निरन्तरता दिने प्रतीबद्दता जाहेर गर्दै सहयोगको लागि आबहान गरेका छन्
अहिलेसम्म दिदीबहिनी समाज भिक्टोरीयाले ७५ पिडीत महिलाहरूलाई सहयोग गरिसकेका छ भने हालसम्ममा ११,००० ऑस्ट्रेलीयन डलर पठाइ सकेको छ।गत बर्ष मात्रै सबैभन्दा बढी ४,००० ऑस्ट्रेलीयन डलर पठाएको जानकारी गराएको छ ।
यो बर्ष पनि पस्चिम नेपालका यौन तथा घरेलु हिंसामा परेका महिलाहरुको सहयोगार्थ ५,००० ऑस्ट्रेलीयन डलर पठाउने लक्ष राखेको छ। यो समाचार लेख्दा सम्म २५०० डलर जम्मा भएको र बाँकी रकमको लागि सहयोग गर्न समुदायलाई आग्रह गरेको छ।
यदि तपाई यो परोपकार कार्यमा सहयोग गर्न चाहानु हुन्छ भने तल दिएको लिङ्मा गएर सहयोग गर्न सक्नु हुनेछ।
https://dbsv.org.au/donate-us/
यौन/घरेलु हिंसामा परेका महिलाहरुले भोग्न परेको जटिल र पीडादायी जीवनलाई सामान्यिकरण गर्ने लक्षलाई सफलिभूत तुल्याउन सबैसंग सहयोगको आह्वान गरीएको हो।

