eNepal

बार्सिलोनाद्वारा मेस्सीमाथी कारबाही गर्ने संकेत

एजेन्सी -बार्सिलोनाबाट बिदा लिने निर्णय गरेका मेस्सीमाथी क्लबले कारबाही गर्ने संकेत गरेको छ।
स्पेनिश मिडियानुसार ३३ बर्षियले अनुशासन हिन काम गरेको र सो कार्यका लागि उनलाई कारबाही हुने कुरा बाहिर आएको छ।
अहिले संचालित प्रशिक्षणमा मेस्सीले आफ्नो निर्णय सुनाए पछिमा समाबेश भएका छन। उनले सोमबारको प्रशिक्षणमा सहभागी नभए पस्चात क्लबले उनिबारे चिन्ता व्यक्त गरेको हो।
विभिन्न रिपोर्टबाट आएको जानकारी अनुसार, मेस्सीले आफ्नो कन्ट्र्याक्ट सकिएको र आफुले क्लब छोड्न पाउने कुरा प्रष्ट बनाएका छन।

स्रोत अनुसार, ” मेस्सीको कन्ट्र्याक्ट आउदो २०२१ जुन ३० मा मात्र सकिने र क्लबले मेस्सीलाई क्लबबाट जान दिने कुनै इच्छा जाहिर गरेको छैन।”

क्लबका सबै खेलाडीका लागि राखिएको कोरोना भाइरस परिक्षणमा मेस्सी समाबेश भएका छैन र सोही कारण उनले प्रि-सिजन परिक्षणमा पनि आफुलाई उपलब्ध नगराएको बुझिन्छ।
कन्ट्राक्टमा चल्दै गरेको बहसले कुनै बिन्दु नपाएको खन्डमा यो समस्या कोर्टसम्म पुग्ने कुरा स्पष्ट देखिन्छ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal