eNepal

टिकटक प्रतियोगीता हुँदै, प्रथम हुनेलाई १ लाख ५० हजार नगद, एक फिल्म र म्युजिक भिडियोमा खेल्ने अबसर

चितवन -अहिले बिश्वभर टिकटक निकै रुचाएको बिधुतिय संन्जाल भएको छ जुन माध्यमबाट आफू भित्र भएको कला देखाउने अवसर आम नागरिकले पाएका छन्। सबैका आ-आफ्ना राम्रो नराम्रो पक्ष त अवश्य हुन्छ तर केहीले यसबाट नकारात्मक प्रभाव पारेको भन्ने यदाकदा सुन्ने गरेको पाइन्छ । यथार्थमा टिकट्कबाट आफू भित्र भएको कला क्षमता देखाउने माध्यम बनेको कुरालाइ नकार्न सकिदैन। टिकट्कले नराम्रो बेथिति जन्माएको भन्दै भारत लगायत अरु देशमा प्रतिबन्ध लगाइएको छ यस्मा यो भन्दा पनि आन्तरिक कुटनैतिक ब्यापार र शक्ति लुकेको जानकार बताउँछन्।

अहिले नेपालमा टिकट्कले  निक्कै बजार तताएको छ जस्को माध्यमबाट नयाँ प्रतिभावान युवाहरु कलाकारिता प्रवेश पाउन सजिलो भएको हामी कहाँ प्रशस्त उदाहरणहरु छन् । यस्तै टिकटकको माध्यमबाट कलाकारितालाई प्रबर्धन गर्ने उदेश्यले द जिएमआइ एकेडेमीको आयोजनामा अनि ईभेन्ट पाट्नरमा सही हो इभेन्ट र अनलाइन टिभी पाट्नरमा लाईभ खबर टिभीको सहकार्यमा द बिगेस्ट टिकट्क प्रतिस्पर्धा हुन लागेको छ जुन प्रतिस्पर्धाबाट  मिस्टर एन्ड मिस टिकट्क छानिने छ ।  प्रतिस्पर्धामा भाग लिन चाहानेले भाद्र १३ देखि अनलाइन फारम भर्नुपर्ने हुन्छ, त्यस्तै भाग लिन चाहाने इच्छुक प्रतिस्पर्धिले रु १०० शुक्ल तिरी प्रवेश गर्नु पर्नेछ। आयोजना भर्चुल माध्यमबाट आयोजना हुन लागेकोले उत्त प्रतिस्पर्धामा बिश्वभर छरिएर बसेका आम नेपाली नागरिकले भाग लिन पाउनेछन् ।

https://www.facebook.com/guideline.gmi/

प्रतिस्पर्धाबाट प्रथम हुनेले १ लाख ५० हजार नगद साथै एक फिल्मका र दुई ओटा म्युजिक भिडियोमा खेल्ने अबसर पाउने छन्।तेस्तै दोस्रो हुनेले १ लाख नगद, वेभ सिरीज र एक म्युजिक भिडियोमा खेल्न पाउने छन् भने  तेस्रो हुनेले ५० हजार नगद र एक म्युजिक भिडियोमा खेल्न पाउने छन् ।

थप आवस्यक जानाकारिको लागी महेस चौलागाईं ,सुजन खरेल र दशरथ सुनार सँग सम्पर्क गर्नुका साथै द जिएमआइ एकेडेमीको फेसबुक पेज हेर्न सक्नुहुनेछ ।

रजीस्ट्रेसनको लागि तलको लिङ्कमा क्लिक गर्नु होला

https://accounts.google.com/ServiceLogin?service=wise&passive=1209600&continue=https://docs.google.com/forms/d/e/1FAIpQLSc1A8IHgXxGT4ua_i-ilsIHXhGtJRzTB1Ge8Pk3rf9NLmFYvg/viewform?usp%3Dsend_form&followup=https://docs.google.com/forms/d/e/1FAIpQLSc1A8IHgXxGT4ua_i-ilsIHXhGtJRzTB1Ge8Pk3rf9NLmFYvg/viewform?usp%3Dsend_form&ltmpl=forms

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal