eNepal

अस्ट्रेलीयाबाट टिकाराम शर्मा छानीए इनास ग्लोबल गायन तथा नृत्य प्रतीयोगीताको उत्कृष्ट दशमा

नेपाली भाषा, कला, साहित्य र संस्कृतिको उत्थान, संरक्षण तथा प्रवर्द्धन गर्ने, नेपाली कलाकारहरुको प्रतिभाको कदर गर्दै विश्वव्यापी रुपमा परिचित गराउने, नेपाली चलचित्र क्षेत्रको सम्मान र प्रवर्द्धनमा मद्दत गर्ने एउटा निश्चित उद्देश्य, दृढ संकल्प र अठोटका साथ स्थापना भएको अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास ग्लोबलले) आयोजना गरेको अनि ईनास डेन्मार्क सम्योजक रहेको ईनास गलोबल अनलाईन गायन तथा नृत्य प्रतीयोगीताको फाईनल चरणको नतीजा प्रकाशित भएको छ।

सेमीफाइनल चरण पार गरि फाइनल चरणमा प्रवेश पाउन सफल गायन विधाका दश प्रतियोगी कलाकारहरुमा नेपालबाट शान्ती राई र पदम राई, चेक रिपब्लीकबाट सुजन तिमील्सिना र डा. विजय गुरुङ,डेनमार्कबाट बिमल गुरुङ र राजेश लामा, जर्मनीबाट प्रसन्न अर्याल, अमेरीकाबाट अश्विनी पोखरेल र अनु केसी अनि अस्ट्रेलीयाबाट टिकाराम शर्मा पर्न सफल भएका छन्।

त्यस्तै नृत्य बिधामा नेपालबाट पुर्ण लामा, शेखर घर्ती, सुनील तामाङ, लक्ष्मी शाही ठकुरी, दिल बहादुर सुनार, कृष्ण धिमाल र रबीता मगर, अष्ट्रियाबाट रवीना भट्टराई अनि अमेरीकाबाट नितीशा चौधरी र दिप्ती अधिकारी उत्कृष्ठ दशमा पर्न सफल भएका छन्।

कार्यक्रमको नियम र ढाँचाअनुसार निर्णायकज्यूहरुबाट प्राप्त अंक र भिडियोमा प्राप्त लाइक संख्याबाट प्राप्त अंक प्रतिशतलाई जोड्दा हुन आउने कूल अंकमध्ये उच्चतम अंकको आधारमा सबै भन्दा अधिक अङ्क प्राप्त गर्ने दश प्रतियोगीहरुलाई फाइनल चरणमा छनौट गरिएको हो। 

हिजो ईनासको अफिसीयल फेसबुक पेज मार्फत सार्बजनिक गरिएको नतिजामा भनिएको छ – तथापि अङ्क तालिकामा केहि कमी वा अधिक भएका कारणले फाइनल चरणमा प्रवेश पाउन असमर्थ भए पनि अडिशन चरण र क्वाटर फाइनल चरण गरि दुई महादेशीय चरणहरु पार गरि सेमिफाइनल चरणका सबै प्रतियोगी कलाकारहरु उत्तिकै प्रतिभावान र सांगीतिक वा नृत्य क्षेत्रमा उज्ज्वल भविष्य बोकेका व्यक्तित्वहरु हुनुहुन्छ। हामी उहाँहरु सबैको प्रतिभाको उच्च कदर गर्दछौं र सबैलाई स-सम्मान प्रमाण-पत्र प्रदान गर्नुका साथै सम्भव भएसम्म यस संस्थाले आयोजना गर्ने राष्ट्रिय, क्षेत्रीय र विश्वस्तरीय कार्यक्रमहरुमा प्रस्तुतिको अवसरहरु प्रदान गर्नेछौं। साथै गायनका लागि चलचित्र वा गीति एल्बम र नृत्यका लागि चलचित्र वा म्युजिक भिडियोहरु लागि माग भै आएमा अवश्य पनि सिफारिस गरि पठाउनेछौ। यो नै अन्तिम होइन, आगामी दिनहरुका लागि सम्भावनाहरु सधै जीवित हुन्छन। त्यस्तैले यस संस्थाले आयोजना गर्ने आगामी प्रतियोगितामा समेत हामी सबैलाई अवश्य पनि सहर्ष स्वागत गर्नेछौं।

फाइनल चरणमा प्रवेश गर्न सफल गायन र नृत्य विधाका कलाकारहरुले फाइनलका लागि पठाउनुपर्ने भिडियोको संख्या, प्रस्तुतिको किसिम, भिडियो पठाउनुपर्ने समयावधि, निर्णायक र लाइकबाट प्राप्त हुने अंकको प्रतिशत आदीका बारे १ सेप्टेम्बर २०२० का दिन सूचना प्रकाशित गरि जानकारी गराइने जनाईएको छ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal