eNepal

भारत र चीनबीचको सीमा क्षेत्र लद्दाखमा दुई पक्षबीच फेरि झडप

एजेन्सी -भारत र चीनबीचको सीमा क्षेत्रमा फेरि झडप भएको छ । पूर्वी लद्दाखमा गएराति झडप भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतीय सञ्चारमाध्यमले चिनियाँ सेनाको घुसपैठलाई भारतीय सेनाले रोकेको दावी गरेका छन् ।

सीमा क्षेत्रमा भएको सहमति चीनले उल्लंघन गरेको भन्दै भारतीय सेनाले चिनियाँ सैनिकलाई जवाफ दिने चेतावनी दिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘भारतीय सेना सम्वादमार्फत शान्ति कायम गर्ने पक्षमा छ तर आफ्नो क्षेत्रको अखण्डताको सुरक्षाका लागि पनि प्रतिवद्ध छ ।’

अगष्ट २९ र ३० गतेको राति झडप भएको थियो । झडपमा भएको क्षतिको अहिलेसम्म विवरण आउन सकेको छैन । झण्डै दुई महिनाअघि भएको झडपमा उच्च सैनिक अधिकारीसहित कम्तिमा २० भारतीय सैनिकको मृत्यु भएको थियो ।

भारतीय विदशेमन्त्री एस जयशंकरले भारत चीन सीमा विवाद सन् १९६२ पछि सबैभन्दा खराब अवस्थामा रहेको बताएका छन् । सीमा क्षेत्रमा भारतले सडक निर्माण गरेपछि पछिल्लो विवाद बल्झिएको हो । चीनले भारतसँगको सीमा क्षेत्रमा सुरक्षा तैनाथी बढाएको छ ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal