eNepal

कोरोनाका कारण रोजगारी गुमाएका नागरिकलाई डिसेम्बर महिनासम्म अनुदान दिने : जापानी श्रममन्त्री

टोकियो -कोरोना भाइरसका कारण रोजगारी गुमाएका ब्यक्तिका लागि सरकारले उपलब्ध गराएको अनुदान आगामी डिसेम्बर महिनासम्म लिन सकिने भएको छ ।

आगामी महिनासम्म तोकिएको समयावधिलाइ बढाउदै स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले डिसेम्बरको अन्त्यसम्म विस्तार गर्ने निर्णय गरेको हो ।

नयाँ कोरोना भाइरस संक्रमणको कारणले रोजगार समायोजन अनुदान अन्तर्गत सरकारले कम्पनिले बिदा राखिदिएमा तथा आम्दानी ६० प्रतिशतभन्दा न्युन भएमा योग्य ठहराउने गर्दछ । यदि कुनै कम्पनीले आफ्नो रोजगारी कायम राख्न नसकी बिदा दिएमा तथा बिक्री घटेर लामो समय कर्मचारीलाई बिदा दिएमा यस्तो अनुदानको लागि आबेदन गर्न सकिन्छ ।

यसै बर्षको फेब्रुअरी देखि, स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयले नयाँ कोरोनाभाइरसबाट प्रभावित कम्पनीहरूका लागि विशेष उपायहरू कार्यान्वयन गरिरहेको छ । जस अन्तर्गत कामदारमा पर्न सक्ने आर्थिक भार र कम्पनिहरुको भुक्तान आवश्यकताहरू कम गर्न र दैनिक अधिकतम १५,००० येन सम्म उपलब्ध गराउदछ ।

गत फेब्रुवरी महिना यता यो अनुदानको लागी ८८४,८६३ आबेदन परेको मन्त्रालयले जनाएको छ । जसमध्ये ७७७,६३३ जना आबेदकले प्रक्रिया पुरा गरेर भुक्तानी बुझिसकेका छन् ।

रोजगारीको स्थिति बिग्रँदो अवस्थामा अर्को वर्ष जनवरीदेखि भने सरकारले विशेष कदम चाल्ने बताएको छ ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal