eNepal

गुणकारी अदुवाको महत्त्व बुझौं

प्राय: सबैको भान्सामा पाइने अदुवा मसला मात्र हैन । हाम्रो स्वास्थ्यका लागि प्रकृतिबाट उपलब्ध ‘महाऔषधि’ जस्तै हो । संस्कृतमा ‘आद्रक’, अंग्रेजीमा ‘जिंजर’, मैथिलीमा ‘आदि’ भनिने अदुवाको प्रयोग मसलाका रूपमा मात्र नभई यसलाई हजारौं वर्षदेखि नेपाल तथा भारतको परम्परागत चिकित्सासँगै अरबी र चिनियाँ चिकित्सकहरूले औषधिको रूपमा स्वीकार गरेका छन् ।

पाचन यन्त्रका लागि निकै उपयोगी मानिन्छ अदुवा । चिसो लागेको बेला, खोकी लागेको बेला, घाँटी दुखेको बेला अदुवा पोलेर चपाउने गरिन्छ । अदुवाको रस बनाएर पिउने गरिन्छ । अदुवाको रस र मह पनि औषधिय प्रयोगका लागि तयार गरिने पेय हो । अदुवाको अनेक गुण छन् ।

अदुवाको सेवनले हाम्रो शरीरको मेटाबोलिज्ममा सोझो असर गर्छ, जसले गर्दा तौल घट्छ । अदुवामा कुनै क्यालोरी हुँदैन र यसले शरीरको मेटाबोलिज्मलाई पनि बढाउँछ ।

शरीरको मेटाबोलिज्म ठीक भए हाम्रो पाचन पनि ठीक हुन्छ र शरीर स्वस्थ रहन्छ । यसले शरीरको क्यालोरीलाई घटाउँछ र हाम्रो तौल पनि कम हुन्छ । क्यालोरीरहित हुने कारणले अदुवाको सेवनबाट पेट भरिएको महसुस हुन्छ र हामीलाई धेरै खाने इच्छा हुँदैन ।

अदुवाको सेवनबाट तौल घटाउने थुप्रै तरिका छन् । प्रत्येक विहान अदुवालाई पानी वा महका साथमा सेवन गर्न सकिन्छ । साथै, यसलाई पेय पदार्थ वा चियाको साथमा पनि प्रयोग गर्न सकिन्छ । अदुवाको धुलोको उपयोग पनि तौल घटाउनलाई हुन्छ ।

बिहान खाली पेटमा काँचो अदुवा सेवन गर्दा धेरै फाइदा मिल्छ । यसले शरीरको मेटाबोलिज्मलाई बढाउँछ र पाचनतन्त्रलाई नियन्त्रित गर्छ । यसको तितोपनालाई हटाउनका लागि अदुवा खानासाथै केही मिठो कुरा खान सकिन्छ ।

अदुवायुक्त पानी पिउँदा पनि निकै फाइदा गर्छ । अदुवा खाने यो सबैभन्दा सहज उपाय हो । आधा गिलास सादा पानीमा अदुवाको धुलो वा अदुवाको टुक्रा हाल्ने । यसलाई राम्ररी घोलेर पिउनुपर्छ । यसलाई मिठो बनाउनका लागि मह, कागति वा अलिकति नून पनि हाल्न सकिन्छ । तर, खाली पेटमा अदुवाको सेवन बढि फाइदाजनक हुन्छ । पानीसँग दैनिक तीनपटक अदुवाको सेवन गर्नाले चाँडै फरक महसुस गर्न सकिन्छ र शरीरको तौल पनि कम हुन्छ ।

चियाको रुपमा अदुवा सेवन गर्न सकिन्छ । यसले पेटको बोसो कम गर्नुका साथै शरीरको तौललाई पनि नियन्त्रणमा राख्छ । रुघा, खोकी र राम्रो पाचनका लागि पनि अद’वा उपयोगी हुन्छ । अदुवाको एउटा सानो टुक्रालाई लिएर राम्रोसँग कुट्नुस । त्यसपछि एक भाँडो पानी उमाल्नुस र यसमा अदुवा हालेर उमाल्ने । अनि, यसलाई छान्नुपर्छ र बिस्तारै–बिस्तारै तातो अदुवा पानी पिउनुपर्छ ।

जाडो ठाउँमा बस्नेका लागि अदुवा को सुप पिउनु तौल घटाउने सबैभन्दा प्रभावकारी तरिका हो । अदुवा सुप पिउन थालेको केही दिनमा नै तपाईंको शरीरको वजन नियन्त्रित हुन्छ ।

खानामा धेरै प्रकारले अदूवाको प्रयोग गर्न सकिन्छ । अदूवाको प्रयोग भोजनमा गर्नुहुन्न भने छुट्टै अदुवा नियमितरुपमा खानुपर्छ । तर, यो कुरालाई ध्यानमा राख्नुस कि एकैचोटि धेरै अदुवा खानु हुँदैन ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

घर किन्दै वा बनाउँदै हुनुहुन्छ भने बिल्डीङ इन्सपेक्सनले महत्व भुमीका खेल्दछ: डा. युगेन्द्र रेग्मी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal