eNepal

सिपीएलमा अहिलेसम्मको गेममा सन्दीप लामिछानेको प्रदर्शन राम्रो, किफायती बलिङ्ग साथै विकेट

काठमाडौं- क्यारेबिन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटमा नेपाली खेलाडी सन्दीप लामिछाने आफ्नो चौथो खेलमा विकेट लिन सफल भएका छन्। उनले यसअघिको खेलमा जस्तै आज बिहान भएको खेलमा निकै किफायती बलिङ गरे। गुएना अमेजन वारियर्सविरुद्धको खेलमा सन्दिपले एक विकेट लिए। जमैका तलावाजबाट खेलिरहेका सन्दिपले अमेजनविरुद्ध बलिङ गर्दै ४ ओभरमा मात्र १२ रन खर्चिए। योसँगै जारी प्रतियोगितामा सन्दीप ४ खेलमा ५ विकेट लिन सफल भए। ट्रिनिडाड एन्ड टोबागोस्थित क्विन्स पार्क ओभलमा भएको खेलमा टस जितेर सन्दीपको टोली जमैकाले बलिङ रोजेको थियो। सन्दीपले खेलको १०औँ ओभरमा आफ्नो पहिलो ओभर बलिङ गर्दै मात्र तीन रन दिएका थिए। खेलको १२औं ओभरमा आफ्नो दोस्रो ओभर बलिङ गर्दै उनले चार रन खर्चेर एक विकेट लिए। सो ओभरको पहिलो बलमा नै उनले सिर्फान रदरफोर्डको विकेट लिए। रदरफोडलाई एक रन बनाएको अवस्थामा सन्दीपले आसिफ अलीको हातबाट क्याचआउट गराएका थिए। खेलको १४औं ओभरमा आफ्नो तस्रो ओभर बलिङ गर्दै उनले मात्र एक रन विपक्षी खेलाडीलाई बनाउन दिए। खेलको १६औं ओभरमा सन्दिपले आफ्नो अन्तिम ओभर बलिङ गर्ने क्रममा चार रन खर्चिए। आजको खेलमा सन्दिपको बलमा विपक्षी खेलाडीले चौका र छक्का प्रहार गर्न सकेनन्। यसअघि पहिला ब्याटिङ गर्दै गुएनाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १०८ रन बनाउन सक्यो। जमैकाले १०९ रनको विजय लक्ष्य ५ विकेटको नोक्सानीमा १८ ओभरमा पूरा गर्यो। जमैकाका लागि मुजिब उर रहमान तथा फिडेल इडवार्डले तीन÷तीन विकेट लिए। गएनाका लागि रोस टेलरले सर्वाधिक २३ रन बनाए। यस्तै १०९ रनको झिनो लक्ष्य पछ्याउने क्रममा जमैकाका लागि नकु्रमह बोनरले सर्वाधिक ३० तथा ग्लेन फिलिप्सले २६, जेरमाइन्ड ब्लाकवुडले २३ तथा आन्द्रे रसेलले अविजित २३ रन बनाए। बलिङतर्फ गुएनाका नविन उल हकले दुई तथा इमरान ताहिर, अश्मद निद र किमो पउलले एक एक विकेट लिए। जितसँगै सन्दीपको टोली जमैका अंक तालिकाको चौथो स्थानमा उक्लेको छ। जमैकाले हालसम्म दुई खेलमा जित तथा दुईमा हार बेहोर्दै चार अंक जोडेको छ। यस्तै गुएना आजको खेलमा हारे पनि तेस्रो स्थानमा छ। गुएनाले हालसम्म पाँच खेलमा दुईमा जित तथा तीन खेलमा हार बेहोर्दै चार अङ्क जोडेको छ। सन्दीप टोली जमैकाले अब पाँचौँ खेल बिहीबार बिहान सवा तीन बजे बार्बाडोस ट्रिडेन्टससित खेल्नेछ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal