eNepal

समाजसेवामा उदाहरणीय बनिन् संगीता शर्मा

काठमाडौं – हामी समाजसेवा गर्ने भनेको परिपक्व उमेर आर्थिक सम्पन्नता भएपछि गर्नुपर्छ भन्ने धारणा लिन्छौं । तर तेसो होइन समाजसेवा गर्न नत उमेर नत आर्थिक सम्पन्नता चाहिन्छ। यस्तै उदाहरण बनेकी छिन संगिता शर्मा ।

सिन्धुपाल्चोक जिल्लाको कुबिन्डेमा जन्म भइ हाल काठमाडौ बस्दै आएकि संगीता शर्मा अहिले २६ बर्षको भइन। सानै उमेर देखि समाजसेवामा रुचि भएकी शर्मा १६ बर्षको उमेर देखि बालबालिकाको क्षेत्रमा काम गर्दै आएकी थिइन् । हाल ऊनी उज्यालो नेपाल बाल गृह चाबहिल कुमारी गालमा संयोजकको रुपमा र लायन्स क्लब अफ काठमाडौ न्यू ग्रीन सिटिमा सचीव को रुपमा कार्यरत छिन।

कोरोनाको कारण लकडाउनबाट प्रभावित भएका गरिब र असाहयहरुको सहयोगको लागि दिन रात नभनि निरन्तर कार्य गरेकी छिन ,भने कोरोना कहरको विषम परिस्थितिमा पनि महिला तथा बालबालिकाहरुको लागि आफ्नै स्कूटरमा रासन हाली घर- घरमै समेत पुर्याएर राहत बितरण गरेकी छिन । तेस्तै गरि काठमाडौ मा भएका थुप्रै बालगृहमा हरियो सब्जी समेत पुराउन काम गरेकी थिइन्।

आफू गाउँमा जन्मिएको र हरेको कुराको अभावमा हुर्किएकि शर्माले कसैको दुख देख्न नसक्ने कारण अहिले समाजसेवा मन वचन कर्मले लागेकि छिन। ५ बर्ष देखि निरन्तर समाजसेवा लागेकि शर्मा हाल कोरोना कहरको कारण प्रभावित ब्यक्तिहरुलाइ सेवा गर्दै आएकी छिन। कुराकानी क्रममा प्रश्न गर्दा संगिता शर्माले यो अभियान निरन्तर रहने प्रतिबद्धता ब्यक्त गरेकी छिन।

लायन्स क्लबमा आवद्ध भएपछि झन उनमा समाजसेवा गर्ने हिम्मत बढेको कुराकानीको क्रममा उनले भनिन् । आज ऊनी यो ठाउँमा हुनुमा २ जना ब्यक्ति धन्यवादका पात्र हुनुहुन्छ। जसमध्ये लायन्स क्लब डिस्ट्रिक ३२५ ए२ का रिजन चियरपर्सन तथा समाजसेबी इन्द्र ब कार्की र उज्यालो नेपाल कि अध्यक्ष रमा कोइराला हुनुहुन्छ । लायन्स क्लब आबद्ध भएको हुँदा आउदो दिनमा क्लब बाट थप सहयोगका कार्यक्रम गर्ने विचारमा छिन।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal