eNepal

ब्रिलिर्यन्ट बार्यनद्वारा बार्सिलोना ८-२ ले पराजित,१९४० पछिको ठुलो र लाजमर्दो हार

एजेन्सी -जर्मन च्याम्पियन बार्यन म्युनिखसँग आठ दुइको लज्जास्पद हार बेहोरी स्पानिस क्लब बार्सिलोना च्याम्पियन्स लिगको क्वाटरफाइनलबाट बाहिरिएको छ।यो सानदार जितमा बार्यनले सेमिफाइनलमा स्थान पक्का गर्यो।च्याम्पियन्स लिगमा बार्सिलोनाको यो अहिलेसम्मकै सबैभन्दा ठुलो अन्तरको‌ हार हो।

निरिह बार्सिलोना ‌मैदानमा‌ निकै कमजोर रहयो। विशेषगरी डिफेन्सको फितलो प्रदर्शनमा आठ गोलको भारी बोक्न बाध्य भयो।बार्यनले लिस्बनमा माथिल्लो स्तरको खेल प्रदर्शन गर्दा दुवै हाफमा चार चार गोल गर्यो। एक पक्षिय खेलमा बार्यनकोलागि थोमस मुलर र सब्स्टिच्युट फिलिपे कुटिन्होले दुइ गोल गरे। जोशुआ किम्मिच,सर्ज जिनार्बी, रोबर्ट लेवान्डोस्की, र इभान पेरिसिचले एक एक गोल थपे। बार्साकोलागि लुइस सवारेजले एक गोल गरे भने बार्यनका डेविड अलाबाले आत्मघाती गोल उपहार दिएका थिए।

दुई हेभि वेट क्लबबीचको खेल उत्साहजनक हुने अनुमानलाई ब्रिलियन्ट बार्यनले गलत तुल्याइदियो र‌ बार्सिलोनालाई स्तब्ध पार्न सफल रहयो। च्याम्पियन्स लिगमा छुट्टै पहिचान बनाएको बार्साको यो च्याम्पियन्स लिग कै सबैभन्दा लाजमर्दो र ठुलो अन्तरको हार हो।क्लबकै इतिहासमा भने सन १९४० पछिको ठुलो अन्तरको हार हो। सन १९४० मा बार्सिलोना ला लिगामा सेभियासँग ११-१ ले हारेको थियो। यो हारले बार्सिलोनाको खेलाडी प्रशिक्षकको‌ खटपटको‌ संकेतलाई‌पनि‌ छर्लङ्ग पारेको छ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal