eNepal

रोल्पाका मृगौला पिडीत घर्ति मगरलाई अष्ट्रेलियामा रहेका रोल्पालीबाट ५० हजार रुपैया सहयोग

रोल्पा थवाङका मृगौला पिडीत घर्ति मगरलाई अष्ट्रेलियामा बसोबास गर्दै आएका रोल्पालीले ५० हजार रुपैया सहयोग गरेका छन ।

थवाङ २ रोल्पा स्थायी घर भई हाल बाग्लुङको ग्रामीण भेगमा शिक्षण पेशा गर्दै आउनु भएका वर्ष ३१ का विकल घर्ति मगर विगत लामो समय देखि मृगौला दिर्घ रोघ (Chronic Kidney Disease) बाट ग्रसित हुनुहुन्छ।

पहिले नै एउटा मृगौलाले काम गर्न छाडे पनि आर्थिक अवस्था एकदमै कमजोर भएकाले २ जना स-साना छोरीहरु र परिवार पाल्नका लागि रोगसंग लढ्दै आफ्नो पेशालाई निरन्तरता दिदै आउनु भएका विकल घर्ति मगर जी को अहिले अर्को मृगौलाले पनि काम गर्न छोडेको छ। 

हाल काठमाडौंको वीर अस्पतालमा निरन्तर डायलसिस उपचार गराईरहनु भएको छ|

उहाँलाई अस्ट्रेलीयामा बसोबास गर्दै आएका रोल्पालीहरुले बिदेशी भूमीबाट सानो सहयोग भए पनि गरौँ भनेर सहयोग उठाउन सुरु गरेका थिए जस अन्तर्गत शनिवार रु ५००००  नेकपा माओवादी केन्द्रका पूर्व पोलिट्ब्युरो सदस्य तथा हाल नेकपा (माओबादी) का सम्योजक बिमल अधिकारीले हस्तान्तरण गरेको सम्राट ओली ले जानकारी दिएका छन्|

यस्ले पिडितलाई सहयोग मात्रै भएको छैन की हामी रोल्पालीलाई प्रवासमा एकजुट बनाउन सहयोग गरेको छ र सम्पूर्णलाई एकमुस्ट हृदय देखि आभार प्रकट गर्दै थप सहयोगको लागी ओलीले हार्दिक अपील गरेका छन |

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal