eNepal

उच्च मनोबल बनाउने अचुक उपाय

एजेन्सी -कतिपय क्षमतावान् मानिस पनि उच्च मनोबलको अभावमा समाजमा पछि परिरहेका हुन्छन् । विभिन्न कारणले व्यक्तिको मनोबल कमजोर भइरहेको हुन्छ । देशको प्रतिकूल अवस्था, पारिवारिक असमझदारी र शारीरिक अवस्था आदि । यद्यपि, केही कुरा व्यवहारमा लागू गर्न सके आफ्नो मनोबल सधैँ उच्च राख्न सकिन्छ ।

सबैभन्दा पहिला आफूमा नकारात्मक सोच र व्यवहार कसरी हावी भयो भन्ने पत्ता लगाउनुपर्छ । त्यसपछि नकारात्मक कुरालाई चिर्दै आफूभित्रको सकारात्मक पक्षलाई उजागर गर्दै जानुपर्छ ।

डर, चिन्ता, तनावलगायत विभिन्न डिसअर्डरले हाम्रो अनुभव र व्यवहारलाई प्रभावित गरिरहेको हुन्छ । त्यसैले के कुराले डर सिर्जना गरेको छ, पत्ता लगाएर ती कुराबाट टाढा हुनुपर्छ ।

डिप्रेसन प्रायः सबै उमेर समूहका व्यक्तिमा देखिन्छ । यसको प्रभावस्वरूप व्यक्तिको क्षमतामा गिरावट आउन सक्छ । यस्तो अवस्थामा चिन्ता कम गर्दै लैजानुपर्छ र समस्यासँग जुध्ने क्षमताको विकास गर्नुपर्छ ।

बिरामी भएको अवस्था छ भने ठीक हुनका लागि धैर्य गर्ने र आफ्नो तर्फबाट सक्ने अभ्यास वा व्यायाम गरिरहने गर्नुपर्छ । बिरामी छु भनेर महसुस गरिरहनुहुँदैन ।

नकारात्मक सोचभित्र पनि थुप्रै सकारात्मक उद्देश्य लुकेका हुन्छन् । त्यसैले कार्यक्षमता र इच्छाशक्तिलाई सही रूपमा सदुपयोग गर्दै जानुपर्छ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

enepal