eNepal

नापोलिलाई पराजित गर्दे बार्सिलोना पुग्यो क्वाटर फाईनलमा:-च्याम्पियन लिग

 अन्तिम १६ मा इटालियन क्लबनापोलीमाथि एग्रीगेटमा को जित निकाल्दै बार्सिलोनाले क्वार्टरफाइनलमा स्थान पक्का गरेको हो बार्सिलोनाले आइतबार बिहानभएको अन्तिम १६ को दोस्रो लेगको खेलमा घरेलु मैदानमा नापोलीमाथि को जित निकालेपछि समग्रमा को जितसहित अर्कोचरण प्रवेश गर्न सफल भएको हो

घरेलु मैदान क्याम्प नोउ बार्सिलोनाका लागि खेलको नवौं मिनेटमा डिफेन्डर क्लेमेट लेङलेटले हेडिङ गोल गरेर अग्रता दिलाएका थिए इभान राकिटिकले हानेको कर्नर किकमा अनमार्क रहेका उनले सहजै गोल गरेका थिए

त्यसपछि बार्सिलोनाले खेलको २३औं मिनेटमै अग्रता दोब्बर बनायो यसपटक कप्तान लिओनल मेस्सीले गोल गरे उनले बक्सभित्रबाट नापोलीका जना डिफेन्डरको लाइन छिचोल्दै निकै सुन्दर गोल गरेका थिए त्यसपछि पनि मेस्सीले व्यक्तिगत दोस्रो गोलगरेका थिए तर, बल नियन्त्रणमा लिनेक्रममा मेस्सीले ह्यान्ड बल गरेको भन्दै सो गोल भिएआरले रद्द गरिदिएको थियो

त्यसपछि पहिलो हाफमो इन्जुरी समयमा बार्सिलोनाले पेनाल्टी पायो, जसमा लुइस स्वारेजले गोल गर्दै खेल बनाए नापोलीकाडिफेन्डरले कप्तान मेस्सीमाथि खराब फउल गरेपछि बार्सिलोनालाई पेनाल्टी दिइएको थियो, जसमा स्वारेजले गोल गरे

त्यसपछि दोस्रो हाफमा दुवै टोलीबाट थप गोल नभएपछि खेल बार्सिलोनाले पहिलो हाफकै अग्रता जोगाएर ले जित्यो दोस्रोहाफमा नापोलीले गोल गरे पनि सो गोल रद्द भएको थियो यससँगै अब बार्सिलोनाले अब अन्तिम आठमा जर्मन क्लब बार्यनम्युनिखसँग भिडन्त गर्नेछ

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

पोखरा एघार ग्लोबल मार्क एनटिएसए फुटसल च्याम्पियनसिप २०२२ को विजेता बन्न सफल

enepal