टोकियो । जापानभर बिहिबार एकै दिन कोरोना भाइरस संक्रमणको संख्या १४ सय ८५ जवा नयाॅं संक्रमित थपिएका छन् ।जापानको ४७ प्रिफेक्चर मध्य ४० प्रिफेक्चरमा संक्रनितहरु पुष्टि भएको हो ।
अगस्ट ६ तारिख रात ११ बजेसम्मको तथ्यांक अनुसार ६ जना कोरोनाका बिरामीले ज्यान गुमाएका छन । यसमा कानागावा, ह्योगो, साईतामा, ओसाका र फुकुओका रहेको छ ।
यसमा धेरै संक्रमित पाइएकोमा टोकियो ३६०, ओसाका २२५, आईची१४०, फुकुओका १३६ र खानागावा ११९ रहेको छ ।
यसबाहेक चिबा ७६, ओकिनावा ७३, साईतामा ६५, ह्योगो ६१ गिफु र क्योतोमा २०/२० जना नयाँ कोरोनाका बिरामी थपिएका छन् ।एयरपोर्ट क्वारेन्टाइनमा पनि ११ नयाँ संक्रमित पुष्टि हुँदा जापानमा घरेलु संक्रमितको संख्या ४४ हजार २ सय ९४ पुगेको छ ।
योकोहामा क्रुजका संक्रमित ७१२ जना समेत जोड्दा जापानमा कोरोना भाइरस संक्रमितको संख्या ४५ हजार ६ जना पुगेको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
उपचार पछि कोरोना संक्रमण भएका कुल २९,५३६ जना निको भइसकेका छन । उपचार गराइरहेका १ सय १५ जना कोरोना भाइरससंक्रमितको अवस्था भने गम्भिर बनेको सरकारी विवरणमा उल्लेख छ ।

