केहि दिन १००० भन्दा माथि पुगेको जापानको कोरोन संक्रमित आज सोमबार भने केहि घटेको देखिन्छ।सोमबार मात्रै जापानभर ९ सय ६० जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ । यहाँको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले दिएकोजानकारी अनुसार जापानका विभिन्न स्थानहरुमा गरि ति व्यक्तिहरुमा संक्रमण पाइएको हो ।
जापानभरमा सबैभन्दा धेरै संक्रमितहरु रहेको टोकियोमा मात्रै कोरोना भाइरसबाट हालसम्म १३ हजार ७ सय १३ जनामा संक्रमणपाइएको छ । संक्रमितहरु संगसंगै कोरोनामुक्त हुनेहरुको संख्या समेत टोकियोमा बढ्दो क्रममा छ । यहाँ हालसम्म १० हजार १ सय १२जनाले स्वास्थ्य लाभ लिइसकेका छन् भने ३ सय ३३ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाएका छन् ।
मंगलबार बिहानसम्ममा घरेलु रुपमा संक्रमित र चीनबाट चार्टर गरि ल्याइएका व्यक्तिहरु सहितको संख्या ४० हजार २ सय १७ जनापुगेको छ भने योकोहामा पोर्टमा क्वारेन्टायन गरिएको डाइमण्ड प्रिन्सेस क्रुज पानीजहाजका यात्रुहरुसहितका संक्रमितहरुको संख्या ४०हजार ९ सय २९ जना पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार जापानभरमा २६ हजार ४ सय ८७ जना सफल उपचारपश्चात कोरोनामुक्त भैसकेका छन् ।
जापानभरमा अहिलेसम्म कोरोना भाइरसको कारणले १ हजार १८ जनाको मृत्यु पुष्टि भएको छ भने क्रुज पानीजहाजका यात्रुहरुसहितको यो संख्या १ हजार ३१ जना पुगेको छ ।

