इंग्लिस एफए कप फुटबलमा आज उपाधि भिडन्त हुँदैछ । जारी सिजनको उपाधिका लागि आर्सनल र चेल्सीको रोमाञ्चक भिडन्त आजराति हुन लागेको हो । खेल टोटनह्यामको घरेलु मैदान वेम्बली रंगशालामा नेपाली समयअनुसार राति ठीक १०ः१५ बजेबाट सुरु हुनेछ ।
प्रिमियर लिगका दुई बलिया टोली उपाधिका लागिभिड्ने भएकाले आजको खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने पक्का छ ।
लन्डन सहरका दुई क्लब भिड्ने भएकाले यस खेललाई लन्डन डर्बी पनि भनिन्छ । यो सिजन प्रिमियर लिगबाट युरोपा लिगमा छनौट हुननसकेको आर्सनल आज चेल्सीलाई एफए कपको उपाधि जितेर सिजन बिट मार्ने दाउमा छ । आज चेल्सीविरुद्ध भिड्दा आर्सनल कुनैपनि हालतमा उपाधिको लक्ष्य लिएर उत्रिनेछ ।
आर्सनलले आगामी सिजन च्याम्पियन्स लिग र युरोपा लिग दुवै खेल्न पाउनेछैन । यदि उसले युरोपा लिगमा अझै पनि फरक बाटोबाटस्थान बनाउन चाहन्छ भने आज चेल्सीलाई कुनै पनि हालतमा हराउनैपर्छ । चेल्सीलाई हराएर उपाधि जित्न सके आर्सनलले वैकल्पिकबाटोबाट युरोपा लिगमा स्थान बनाउने सम्भावना अझै पनि छ ।

