जापान
जापानले आफ्ना नागरिकलाई नेपाललगायत १६ देशको भ्रमण नगर्न निर्देशन (ट्राभल एड्भाइजरी) जारी गरेको छ ।
कोरोना भाइरसको जोखिम बढ्दो रूपमा रहेको जनाउँदै जापानले नेपालगायत १६ देशको भ्रमण नगर्न आफ्ना नागरिकलाई भनेको हो ।
जापानले यात्रा नगर्न निर्देशन दिएका देशमा नेपाल, प्यालेस्टाइन, केन्या, भेनेजुयला, बोत्स्वाना, कोमोरोस, लाइबेरिया, लिबिया, मादागास्कर, नामिबिया, पराग्वे, कंगो, सिरिया लियोन, सुडान, सुरिनेम र उज्वेकिस्तान रहेका छन् ।
जापानका विदेशमन्त्री तोशिमित्सु मितिगीले यात्रामा प्रतिबन्ध लगाइएका सबै देशहरूमा कोरोना भाइरसको अवस्था ‘लेवल थ्री’ मारहेको जनाएका छन् । यसअघि जापान सरकारले अमेरिका, चीनलगायत विश्वका १२९ राष्ट्रमा यात्रा नगर्न आफ्ना नागरिकलाईभनिसकेको छ ।

