दापान
जापानमा शुक्रबार ५ सय ९७ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ । यहाँको स्वास्थ्य, श्रम तथा कल्याणमन्त्रालयले दिएको जानकारी अनुसार जापानका विभिन्न स्थानहरुमा गरि ति व्यक्तिहरुमा संक्रमण पाइएको हो ।
शुक्रबार एकैदिनमा टोकियोमा २९३ जना, ओसाकामा ५३ जना, खानागावामा ४३ जना, साइतामामा ५१ जना, होक्काइदोमा ३ जना, चिबामा २० जना, फुकुओकामा १९ जना, ह्योगोमा २५ जना, आइचीमा १९ जना, क्योतोमा १२ जना तथा अन्य प्रिफेक्चरमा समेत गरि ५सय ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
जापानभरमा सबैभन्दा धेरै संक्रमितहरु रहेको टोकियोमा मात्रै कोरोना भाइरसबाट हालसम्म ८ हजार ९ सय ३३ जनामा संक्रमण पाइएकोछ । संक्रमितहरु संगसंगै कोरोनामुक्त हुनेहरुको संख्या समेत टोकियोमा बढ्दो क्रममा छ । यहाँ हालसम्म ६ हजार ९ सय ९ जनालेस्वास्थ्य लाभ लिइसकेका छन् भने ३ सय २६ जनाले कोरोना भाइरसका कारण ज्यान गुमाएका छन् ।
हालसम्मा जापानमा कोरोन संक्रमितको संख्या २४ हजार २ सय संक्रमित रहेको छ । जस मध्य करिब १९ हजार भन्दा बढिले स्वास्थ्थ लाभ गरेका छन् भने बाॅंकि उपचारको क्रममा छ ।जापानमा हाल सम्म मुत्यू हुनेको संख्या भने १ हजार नजिक पुगेको एक तथ्थंकले सार्बजनिक गरेको छ ।
जापानमा कोरोन संक्रमितको संख्या दिन दिनै बढ्ने क्रममा रहेकोले स्थानिय सरकारले अत्यवश्यक काम भन्दा बाहिर नजान आग्रह गरेको छ।

