स्पेनिस फुटबल क्लब रियल मड्रिड आज ला लिगा फुटबलको उपाधि च्याम्पियन बन्ने लक्ष्यसाथ लिगको ३७औं खेल खेल्दै छ । आज सिजनकै सबैभन्दा महत्त्वपूर्ण खेल भिल्लारियल सॅंग आफ्नो घरेलु मैदानमा खेल्दै छ। खेल रियलको दोस्रोघरेलु मैदान अल्फ्रेडो डे स्टेफानो रंगशालामा राति ठीक १२:४५बजेबाट सुरु हुनेछ ।
हाल अंक तालिकामा रियल ३६ खेल सकिँदा ८३ अंक बनाएर शीर्ष स्थानमा छ । दोस्रो स्थानको बार्सिलोनाको खातामा ७९ अंक छ ।अन्तिम दुई खेल बाँकी छँदा रियल बार्सिलोनाभन्दा स्पष्ट रूपमा ४ अंकले अघि छ । रियल आज घरेलु मैदानमा हुने यो खेल जितेरअन्तिम खेलअघि नै उपाधि च्याम्पियन बन्ने दाउमा छ ।
यदि आज लिगको पाँचौं स्थानको भिल्लारियललाई घरेलु मैदानमा स्पष्ट गोलअन्तरमा हराउन सके रियल आजै जारी सिजनको उपाधिविजेता बन्नेछ । तर, बराबरीमा रोकिए वा हारेको खण्डमा उसले अन्तिम खेलसम्म पखिर्नुपर्ने हुन सक्छ, आजै आफ्नो खेलमा बार्सिलोनाविजयी नभएमा पनि रियलले उपाधि पक्का पक्कि नै गर्न सक्नेछ ।
रियललाई आज च्याम्पियन बन्न जित अवश्यक पर्ने छ।

