eNepal

नेप्लिज नेबरहुड कम्युनिटीले गर्यो कोविड १९ प्रभावित नेपाली विद्यार्थीहरूलाई राहत सहयोग

नेप्लिज नेबरहुड कम्युनिटी ईन्कर्पोरेट मेल्बोर्न (एनएनसीआई) ले जुलाईको पहिलो हप्ता कोविड १९ बाट प्रभावित भएका अन्तर्राष्ट्रिय नेपाली विद्यार्थीहरूलाई करीव ५० वटा राहत प्याकेज वितरण गरेको छ।

यी राहत प्याकेजहरू मेल्बोर्नका बिभीन्न ठाउँहरु लालोर, थोमस्टाउन, कियोन पार्क, थोर्नबरी, कोबर्ग, ग्लेनरोय, ब्रोडमेडोज, रिजर्भोयर, रोक्सबर्ग पार्क, कूलारु, एसेन्डन, क्रेगीबर्न, क्रोइडन, सनशाइन, नुनावाडिंग, बर्नसाईड हाइटमा बसोबास गर्ने अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई प्रदान गरिएको थियो। 

यसभन्दा अघि २०२० को मेमा एनएनसीआईले पनि व्हिटल सी क्षेत्रमा रहेको अन्तर्राष्ट्रिय नेपाली विद्यार्थीहरूको लागि ३५ राहत प्याकेज वितरण गरेको थियो।

राहत प्याकेजहरूको वितरण लाइफ चर्च नर्थ मेलबर्न द्वारा प्रायोजित गरिएको थियो। यस वितरणको लागि एनएनसीआईका सहसचिव रेश्मा मानन्धर, एएमईएस अष्ट्रेलियाका सामुदायिक संलग्नता अधिकारी (Community Engagement Officer)ले लाइफ चर्च नर्थ मेलबर्नसँग समन्वय राख्दै चर्चका लागि काम गर्ने काल्भिन हार्टसँगको सहकार्यमा सम्पन्न भएको थियो।

नेपाली समुदायलाई निरन्तर सहयोग प्रदान गर्न सक्षम हुन पाउँदा ठूलो सम्मान पाएको महसुस गरेको बताउँदै सबै एएनसिआईका कार्यकारी सदस्य लगाएत सम्पुर्ण स्वयंसेवकलाई धन्यबाद दिदै आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने सँस्थाकी उपाध्यक्ष अमृता गुरुङले जानकारी गराउनु भयो। 

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal