जापान
आज बिहान सम्पन्न ला लिग अन्तर्गतको रियल मड्रिट र अलाभेस बिरुद्दको खेल निकै रोमन्चक भएको थियो।घरेलु टोलि रियलले सुरुवाति अग्रता निकाल्यो करिमा बेन्जामले ११ औ मिनेटमा टिमको लागि पहिलो पेनाल्टि बाट गोल गरे र पहिलो हाफको समाप्ति भयो ।
पहिलो हाफमा अलाभेसले पनि केहि उत्कृष्ट प्रहारहरु गरेका थियो तर रियलको गोल रक्षकले सबै बिफल बनाईदियो।
दोस्रो हाफ सुरु भएको ५० औ मिनेटमा करिमा बेन्जामको पासमा असेन्सियोले गोल गर्दे टिमको लागि दोस्रो गोल गरे र रियल २-० को अग्रता लिन सफल भयो तेसपछि कुनै पनि गोल गर्न सकेन र खेल २-० को अग्रताले रियलले जित्यो ।यो जित संगै रियल ३५ खेल्दै ८० अंक बटुलेरा लिगको पहिलो स्थान ओगटोको छ भने दोस्रो स्थानमा रहेको बार्सिलोन ३५ खेल खेल्दै ७६ ॲंक जोडि लिगको दोस्रो स्थानमा रहेको छ।
अब ला – लिगामा जम्मा ३ खेल बाॅंकी छ।

