eNepal

गुल्मी समाज भिक्टोरियाले प्रस्तुत गर्यो आफ्नो आय-व्यय, जुट्यो $५६६० बराबरको सहयोग

गुल्मी समाज भिक्टोरियाको ६ जुलाई २०२०मा लड अफ स्पाईसेस रेस्टुरेन्ट एण्ड फङ्सन सेन्टर थोनबरीमा बसेको बैठकले आफ्नो आय-व्यय प्रस्तुत गरेको छ। कोभीड-१९ ले समस्यामा परेका विद्यार्थीहरुलाई सहयोग गर्ने उद्देश्यले सञ्चालन गरेको कार्यक्रममा जम्मा अस्ट्रेलीयन डलर $५६६० बराबरको सहयोग प्रदान गरेको छ।

समाजका विभिन्न शुभचिन्तकहरुबाट अस्ट्रेलीयन डलर ३३१०.१६ उठाएको थियो र बाँकी रकम संस्थाले आफ्नो खाताबाट सहयोग गरेको छ। यस कार्यक्रममा सबैभन्दा बढी अस्ट्रेलीयन डलर $७५० सहयोग गर्ने एक्सपर्ट एजुकेसन एण्ड भिषा सर्भिसेस मेल्बोर्न प्रति विशेष धन्यवाद ज्ञापन गरेको छ। यस कार्यक्रम अन्तर्गत गुल्मी समाज भिक्टोरियाले समस्यामा परेका ११० जना विद्यार्थीहरुलाई राहत बक्स वितरण गरेको थियो र विभिन्न होटलहरुबाट ४० जनाले निःशुल्क तथा छुटको खानाबाट लाभान्वित भएको जनाएको छ। यसको साथसाथै समाजले आगामी बर्षको लागि नयाँ आगन्तुक विद्यार्थीहरुलाई केन्द्रित गरेर विभिन्न योजनाहरु लिएर आएको छ। 

जसमा आवश्यकता अनुसार प्रत्येक महिना जानकारहरुबाट अहिलेको लागि अनलाईन रेजुमे बनाउने तालीम संचालन गर्ने र भविष्यमा बिभिन्न व्यवसायीहरुसँग सम्पर्क गरेर अष्ट्रेलियामा आएका नयाँ विद्यार्थीहरुलाई आवश्यक पर्ने तालीमहरु जस्तै कफी मेकीङ , कस्टुमर सर्भिसेस, कुकीङ्को सामान्य ज्ञान लगायतका तालीमहरु संचालन गर्ने योजना लिएर आएको छ।

समाजले विभिन्न विद्यार्थीहरुले गरेको मागलाई मध्यनजर गरी अहिलेको लागि गुल्मी समाज हेल्पडेस्क बनाएर उनीहरुलाई सहयोग हुने किसिमका विज्ञापनहरु नियमितरुपमा पोस्ट गर्ने भएको छ।

आजको बैठकले समाजलाई परेको आर्थिक भारको निवारण गर्नकोलागि समाजका पदाधिकारीहरुबाट प्रतिमहिना $ १५ उठाउने र पदाधिकारी मध्येका विद्यार्थीहरुबाट भने प्रतिमहिना $१० उठाउने निर्णय पनि गरेको छ।

संस्थाले कोभीड १९ को केही समस्या समाधान भएपछि रक्तदानको कार्यक्रम संचालन गर्ने पनि जनाएको छ।

बैठक गुल्मी समाज भिक्टोरियाका अध्यक्ष गांधी प्रसाद भट्टराईको अध्यक्षतामा बसेको थियो भने बैठकको सञ्चालन समाजका सचिव प्रकाश अर्यालले गर्नुभएको थियो।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal