eNepal

ठगी गरेको आरोपमा अस्ट्रेलियामा दुई नेपाली पक्राउ

एक ८५ वर्षिया अष्ट्रेलियन वृद्धा महिलालाई ठगी गरेको आरोपमा अष्ट्रेलियाको पश्चिम सिड्नीबाट एक जोडी नेपाली युवा-युवतीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा २२ वर्षीया युवती र १९ वर्षीय युवा रहेका छन्। उनीहरुमाथि छलकपटपूर्वक पैसा असुल गरेको अभियोगमा पाँचौं दर्जा र जानाजान आपराधिक कार्यमा संलग्न भएको आरोपमा तेस्रो दर्जाको मुद्दामा लगाइएको छ ।

सेभेन न्युज समाचारले जनाए अनुसार  ठगीमा परेकी भनिएकी महिलालाई बैंकबाट बोलेको र उनको नयाँ खाता खोल्नुपर्ने एक कल आएको थियो । फोन गर्ने व्यक्तिले नयाँ खाता खोल्नका लागि तीन हजार डलर कुरियर गरेर पठाइदिन भनेका थिए। उक्त पैसा उनको खातामा जम्मा हुने बताइएको थियो । पैसा लिन मानिसहरु वृद्धाकै घरमा पुगेका थिए ।

 न्यु साउथ वेल्स प्रहरीका अनुसार गत जुन १९मा महिलाले आफू ठगीमा परेको लिखित उजुरी गरेकी थिइन्।

ती बृद्धालाई बैंकको खाता बन्द भएकाले नयाँ खाता खोल्न र त्यसमा रकम जम्मा गर्नका लागि ३ हजार अस्ट्रेलियन डलर तयारी अवस्थामा राख्‍न भनिएको थियो। सोही समूहले पाँच हजार डलर मागेको र सोमबार बेलुका पैसा लिन जाने क्रममा प्रहरीले उनीहरुलाई टेलोपिया नजिकबाट प्रकाउ गरेको थियो। 

दुवैलाई मंगलबार पारामट्टा स्थानीय अदालतमा उपस्थित गराइएको छ तर अदालतले पनि जमानतमा छाडेन । अदालतको अर्को सुनुवाइ अगष्ट २० मा हुनेछ ।

https://www.facebook.com/251142965231407/posts/1304167459928947/?vh=e

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal