इटालियन सिरी ए फुटबलमा आज लिग लिडर युभेन्टस कोरोना भाइरसपछि पहिलो लिग खेल खेल्दै छ । ३ दिनअघि कोपा इटालियाकोफाइनलमा नोपालीसँग हारेपछि युभेन्टस लिग फुटबलमा फर्किन लागेको हो । उसले आज राति लिगको २७औं साताको खेल अवेमैदानमा बोलोग्नासँग खेल्नेछ ।
हाल अंक तालिकामा २६ खेलपछि युभेन्टस ६३ अंकसहित शीर्ष स्थानमा छ । युभेन्टसलाई आफ्नो घरमा स्वागत गर्न लागेको बोलोग्ना३४ अंकसहित १०औं स्थानमा रहेको छ । आजको खेल नेपाली समयअनुसार राति १ः३० बजेबाट सुरु हुनेछ ।

